ट्रम्पका सञ्चार निर्देशकले दिए राजीनामा, भन्छिन् - ट्रम्पलाई धन्यवाद दिने कुनै शब्दै छैन

Advertisement

वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना सहयोगीले आफ्नो पदवाट राजिनामा दिने बुधबार घोषणा गरेकी छिन् ।

पूर्व मोडल समेत रहेकी राष्ट्रपति ट्रम्पका सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेकी बताएकी छिन् ।

हिक्सले ट्रम्पसँग अमेरिकी राष्ट्रपति हुनुभन्दा पहिलेदेखि नै कामगर्दै आएकी हुन् । उनी राष्ट्रपति ट्रम्पका लामो समय काम गर्ने सहयोगीमध्येका एकजना हुन् ।

गत सेप्टेम्बर महिनाबाट २९ बर्षीया हिक्स ह्वाइट हाउसमा सञ्चार निर्देशक पदमा नियुक्त भएकी थिइन् ।

राष्ट्रपति ट्रम्पले हिक्स साँच्चिकै असल व्यक्ति भएको टिप्पणीगर्दै उनको अभाव खट्किने बताएका छन् ।
हिक्सले आफूले राजिनामा दिने भनेर प्रकाशन गरेकी एक विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई घन्यवाद दिने कुनै शब्द नभएको बताएकी छिन् ।

हिक्सले राजिनामा दिने घोषणा गर्नुभएको भए पनि कहिलेबाट लागू हुनेहो भन्ने बारेमा भने प्रष्ट नभएको ह्वाइट हाउसका प्रवक्ताले बताएका छन् ।

उनले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा आफूले झुटो नबोलेको बताएकी अमेरिकी सञ्चार माध्यमहरुले बताएका छन् ।

सन् २०१६ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमाका समयमा हिक्सले ट्रम्पको प्रेस सचिवका रुपमा काम गरेको बताइएको छ ।

सन् २०१७ को जनवरीमा ट्रम्प राष्ट्रपति भएपछि उनले नियुक्त गरेका सहयोगी तथा सल्लाहकारमध्ये पदबाट राजीनामा दिने उनी तेस्रो व्यक्ति हुन् ।

Advertisement

Advertisement

Advertisement