सार्वजनिक जग्गाको खोजी गर्दै महानगर, बिद्यासुन्दरको यस्तो योजना

Advertisement

काठमाडौं: काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा रहेको सार्वजनिक जग्गा खोजी सुरु गरेको छ ।

कामपाले सबै वडालाई लिखित निर्देशन दिएपछि सबै वडाले सार्वजनिक जग्गा खोजी कार्य सुरु गरेको हो ।

कामपा ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले सार्वजनिक जग्गाको खोजी सुरु गरिएको जानकारी दिए ।

कामपाले मंगलबार त्रिपुरेश्वरको कुमारीमार्गको करिब १ रोपनी १४ आना २ दाम जग्गा रेखांकन गरेको छ ।

सो वडामा करिब ८ रोपनी सार्वजनिक जग्गा रहेको उनले जानकारी दिए । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।

ईश्वरराज ढकालले समाचारमा लेखेका छन्, कामपाका मेयर बिद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा खोजी गरी तत्काल पार्कका रुपमा विकास गर्न सबै वडालाई लिखित पत्र पठाएको बताए ।

कामपाले सार्वजनिक जग्गामा मन्दिर वा क्लब निर्माण गर्नेभन्दा पनि खुला क्षेत्रका रुपमा विकास गर्न निर्देशन दिएको छ ।

सार्वजनिक जग्गा भेट्यो कि मन्दिर वा भवन बनाउने प्रवित्तिलाई रोक्न र सबै जग्गामा पार्क निर्माण गर्न निर्देशन दिएको मेयर शाक्यले बताए ।

Advertisement

Advertisement

Advertisement