फर्स्ट माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला

Advertisement

काठमाडौंः फस्र्ट माइक्रोफाइनान्सले आजबाट ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले एक सय रुपियाँ अंकित मूल्यमा २ः१ को अनुपातमा २२ लाख ८१ हजार ३१३ बित्ता सेयर बिक्री खुला गरेको हो ।

माइक्रोफाइनान्सको हकप्रदमा माघ ८ सम्म कायम रहेका सेयरधनीले चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रदको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । साथै, कम्पनीको ज्ञानेश्वर, काठमाडौं र उर्लाबारी, मोरङ, भक्तपुर र चितवनबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, आस्वा सेवामा सहभागी रहेका बैंक तथा वित्तिय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । हाल माइक्रोफाइनान्सको चुक्ता पूँजी ४५ करोड ६२ लाख ६३ हजार रुपियाँ रहेको छ ।

हकप्रद बिक्रीपछि भने कम्पनीको चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement