सलमानको नेपाल भ्रमण अन्ततः रद्द

Advertisement

काठमाडौंः बलिउडका सुपरस्टार सलमान खान नेपाल नआउने भएका छन् । उनी नेपाल आएर टुँडीखेलमा नाचेको खण्डमा हुने क्षतीलाई आयोजकले र सलमान आफैंले ब्योहोर्न पर्ने भन्दै विपलवले कडा चेतावनी दिएका थिए ।

विपलपको चेतावनीसँगै उनले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरटेनमेन्टले कार्यक्र रद्द गरेको हो ।

यी हुन कारणः

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले विवादास्पद कम्पनीको आग्रहमा मदिराको प्रोमोशनका लागि नेपाल आउने तयारी गरेका नायक सलमान खानलाई नेपाल नजान भारतीय मिडियाहरुले चर्को दबाब दिएका छन् । नेपालमा पटक पटक कर विवादमा पर्दै आएको गोर्खा ब्रुअरीले उत्पादन गर्ने बियरहरुको प्रोमोशनका लागि नेपालमा नाच्न आउन लागेका सलमान खानको नेपाल यात्रा संकटमा परेको छ ।

बहुराष्ट्रिय कम्पनी कार्सबर्ग ग्रुपको लगानी रहेको गोर्खा ब्रुअरीले उत्पादन गर्ने मदिराको प्रवर्द्धन गर्नका लागि नेपाल नजान भारतका चर्चित मिडिया हिन्दुस्तान टाइम्स, बम्बे टाइम्स, स्टार अफ वलिउड र न्युज वल्र्ड इण्डियाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले खानलाई नेपाल नआउन दवाव दिएको समाचारलाई प्राथमिकता साथ प्रकाशित गर्दै यस्तो दबाब दिएका हुन ।

विप्लब माओवादीले फागुन २६ गते हुने भनिएको द वङ टुर नामक कन्सर्ट कुनै हालतमा रद्द गर्न आग्रह गर्दै अटेर गर्दै कार्यक्रम गरिए ठूलो क्षति भोग्नुपर्ने चेतावनी दिएको थियो । विप्लवको चेतावनीपछि भारतीय मिडियाहरुले सलमानलाई नेपाल नजान दबाब सुझाब दिएका हुन। मंगलबार नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले विज्ञप्ति प्रकाशित गरी कन्सर्ट नरोकिए भयानक परिणाम आउने चेतावनी दिएपछि नेपालसहित भारतीय मिडियामा नयाँ तरंग देखा परेको हो ।

भारतीय मिडियाहरुले सुरक्षाको कारण देखाउँदै सलमानलाई नेपाल नजान भनेका छन् । बिस हजार रुपियाँको महंगो टिकट बिक्री गरेर राजधानीको मुटुमा गोर्खा ब्रुअरीले उत्पादन गर्ने बियर टुबोर्गको टिसर्ट लगाएर भारतीय नायकलाई दुष्प्रयास भइरहेको भन्दै विप्लव माओवादीले उक्त कार्यक्रम तत्काल खारेज गर्न, नभए त्यसबाट हुने क्षतिको जिम्मेवारी लिन चेतावनी दिएको थियो ।

सैनिक मञ्च टुँडीखेलमा विशेष सांस्कृतिक कार्यक्रम गर्ने खानको यस्तो क्रियाकलापले नेपालको संस्कृतिमाथि हस्तक्षेप हुने महासंघको भनाई छ । काल्सवर्गको ८० प्रतिशत लगानी रहेको गोर्खा ब्रुअरीले नेपालमा कर तिर्न अटेर गर्ने तर करोडौं रुपियाँ खर्च गरेर नेपालमा भारतीय कलाकारहरुलाई ल्याउने कुरा नेपालको राष्ट्रिय स्वाभिमानका दृष्टिले समेत उचित नभएको महासंघको भनाई छ । नेपाली कलाकारको अवमूल्यन गरी विदेशी कलाकारलाई संवेदनशील ठाउँमा उफार्ने कुरा स्वीकार गर्न नसकिने भन्दै जनसाँस्कृतिक महासंघले नेपालको संस्कृतिमाथि अतिक्रमण गर्ने यस्ता कार्यक्रम कसैले पनि गर्न नहुने बताएको छ ।

ओडिसी इन्टरटेनमेन्ट नामक संस्थाको नाममा कार्यक्रम आयोजना गरी गोर्खा ब्रुअरीले सलमानलाई मात्रै ११ करोड रुपियाँ खर्च गरेर कन्सर्ट गर्न लागेको हो । त्यसका लागि उसले प्रतिव्यक्ति २० हजार रुपियाँसम्मको टिकट बिक्री गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement