एक्कासी किन आउँदैछन पाकिस्तानी प्रधानमन्त्री नेपाल ?

Advertisement

काठमाडौंः पकिस्तानी प्रधानमन्त्रि शाहीद खाकान आब्बासी सोमाबार (फागुन २१ गते) नेपाल भ्रमणमा आउने भएका छन् । बालुवाटार स्रोतका अनुसार उनी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन काठमाडौं आउने भएका हुन् ।

दुइदिने नेपाल भ्रमणमा उनले उच्चस्तरीय राजनितिक भेटवार्ता गर्नेछन् । पाकिस्तानी प्रधानमन्त्री फागुन २२ मा स्वदेश फर्कने बताइएको छ । तर, अन्य स्रोतका अनुसार अब्बासी सार्क सम्मेलनका विषयमा कुराकानी गर्न आउने भएका हुन ।

१८औं सार्क सम्मेलनदेखि सार्कको अध्यक्षता नेपालले गर्दै आइरहेको र अव पालो पाकिस्तानको भएपनि भारतसँगको सम्बन्ध नराम्रो भएकाले त्यो असम्भव प्राय छ ।

Advertisement

Advertisement

Advertisement