आइएमई डिजिटल र सिद्वार्थ बैंकबीच ‘मोबाइल वित्तिय सेवा’ उपलब्ध गराउने सम्झौता

Advertisement

काठमाडौंः आइएमई ग्रुपद्वारा सञ्चालीत ‘आइएमई डिजिटल’ र सिद्वार्थ बैंकको ‘आइएमई पे’बीच सम्झैता भएको छ । दुई कम्पनीबीच मोबाइल मनीमार्फत विविध ‘मोबाइल वित्तीय सेवा’ उपलब्ध गराउने सम्झौता भएको हो ।

आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र सिद्वार्थ बैंकका तर्फबाट भुक्तानी विभाग प्रमुख सुरेश महर्जनले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सिद्वार्थ बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ ।

बैंकले चाडै नै सेवाग्राहीहरूलाई ‘आइएमई पे’ वालेटमा बैंक लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्रदान गर्नेछ । साथसाथै सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement