ओली र प्रचण्डले एमाले–माओवादी सांसदलाई आज बिशेष सम्बोधन गर्ने

Advertisement

काठमाडौँ: एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई शनिबार प्रशिक्षण दिइने भएको छ ।

सांसदहरुलाई एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डका साथै पूर्वसभामुख सुवास नेम्वाङले विशेष सम्बोधनसहित प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

संघीय सांसदहरुको शपथ आइतबार हुँदैछ । त्यसकै पूर्वसन्ध्यामा शनिबार नयाँबानेश्वरस्थित संसद् भवनमा प्रशिक्षण दिन लागिएको एमाले–माओवादीका नेताहरुले बताएका छन् ।

भुसालका अनुसार संसद् बैठकमा प्रस्तुत हुने तरिका सिकाउन र दुई पार्टीका सांसदहरुको गतिविधिमा एकरुपता ल्याउन एमाले–माओवादीका सांसदहरुलाई आज प्रशिक्षण दिन लागिएको हो ।

समयसामयिक राजनीतिक विषय र एकीकरण प्रक्रियालगायत विषयमा समेत दुई पार्टीका अध्यक्षले जानकारी दिने बताइएको छ ।

एमाले–माओवादीले संघीय संसदका सबै सांसदलाई प्रशिक्षणमा सहभागी हुन सर्कुलर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement