बैंकिङ पहुँच बढाउनुपर्ने बेला गाउँपालिकाहरु भएकाहरुलाई बन्द गर्न पत्र काट्दै

Advertisement

बाजुराः सरकारले बैंकिङ पहुँच गाउँमा नपुगेको भन्दै बढाउन जोड दिएको बेला यहाँको एक गाउँपालिकाले भने भएका बैंक तता वित्तीय संस्थालाई कार्यालय बन्द गर्न निर्देशन दिएको छ ।

गौमुल गाउँपालिकाले सहरकारीलार्इ मात्र कारोबार गर्न प्राथमिकता दिने भन्दै त्यहाँका बैंक वित्तिय संस्थालाई कार्यालय बन्द गर्न आदेश दिएको हो।

उक्त गाउँपालिकाले फागुन १० गते तीन वटा बैंक वित्तीय संस्थालाई पत्र लेख्दै कारोबार बन्द गर्न भनेको हो । पत्र काटिएका बैंक वित्तीय संस्थामा किसान माइक्रोफाइनान्स, निर्धन उत्थान विकास बैंक र डिप्रोस लघुवित्त वित्तीय संस्था छन् । उनीहरुलाई एक महिनाभित्र कारोबार बन्द गर्न भनिएको छ ।

‘गाउँसभाले स्थानीय सहकारी (महिला समूह)को कारोबारलाई बढवा दिने निर्णय गरेको जनाउँदै गौमुल गाउँपालिकाको जुनसुकै वडाहरुमा समूह गठन भई वित्तीय कारोबार संचालनमा छ भने एक महिनाभित्र कारोबार बन्द गरि समूहका सदस्यको रकम फिर्ता गर्न र कार्यालय बन्द गर्न आदेश दिइएको छ ।

Advertisement

Advertisement

Advertisement