कुमारी बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

Advertisement

काठमाडौंः कुमारी बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैकासुरेन्स सेवा प्रदान सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो सेवाअन्र्तगत बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमा लेख लिन तथा बिमा दाबी भुक्तानी सहजरुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा कुमारी बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

Advertisement

Advertisement

Advertisement