नेपाल-चीन तर्फ हुनसक्ने चोरी निकासी रोक्न नयाँ सुरक्षा भवन संचालनमा

Advertisement

रसुवा: सडकमार्गबाट हुन सक्ने अवैध कारोबार नियन्त्रणमा सहज बनाउन लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा धुन्चेमा सुरक्षा जाँच भवन निर्माण गरिएको छ ।

उक्त कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार २० लाखको लागतमा निर्मित दुईकोठे सो भवनको एक कार्यक्रमबीच रसुवाका प्रजिअ चोमेन्द्र न्यौपानेबाट शनिबार उद्घाटन भई पूर्ण रुपमा कार्य सञ्चालनमा आएको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तैनाथ नेपाली सेनाले संयुक्त रुपमा प्रयोग गर्ने र पासाङ ल्हामु राजमार्गबाट हुन सक्ने चोरी–निकासी अवैध बस्तुको आयातनिर्यात नियन्त्रण गर्न र हिमाली पदयात्रामा आउने पर्यटकबाट प्राप्त हुने प्रवेश शुल्क बापतको राजश्व संकलन गर्नसमेत उक्त भवनले सहज बनाउने प्रमुख संरक्षण अधिकृत रेग्मीले जानकारी दिए ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रको उच्च भूभागमा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत १२ वटा सुरक्षा जाँच चौकी रहेका र तीमध्ये भूकम्पपश्चात् तीन वटा निर्माण सम्पन्न भई पाँच वटा निर्माणाधीन अवस्थामा रहेको र समयसापेक्ष सबै संरचना पिलर सिस्टमबाट निर्माण भएकाले कर्मचारी सुरक्षित तवरले बसी सेवाग्राहीलाई सेवा दिन सहज वातावरण सृजना हुँदै गएको बताइएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जले एक हजार ७१० वर्गकिमी संरक्षित र ४२० वर्गकिमी मध्यवर्ती क्षेत्रको भूभाग ओगटेको छ ।

Advertisement

Advertisement

Advertisement