जित्ने लक्ष्यका साथ जिम्बावेविरुद्ध मैदान उत्रँदै नेपाल

Advertisement

काठमाडौंः आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा आज (आइतवार) नेपाल आयोजक राष्ट्र जिम्बावेसँग प्रतिस्पर्धा गर्दै छ । नेपलले आफ्नो इतिहासकै ठुलो प्रतियोगिताको रुपमा आज टेष्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्न लागेको हो ।

जिम्बावेको हरारे क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । तर, यो खेलतालिका मौसमले साथ दिएको अवस्थामा मात्र लागु हनेछ ।

प्रतियोगिताको सुपर सिक्समा रहेर आगामी चार वर्षको लागि एकदिवसीय मान्यता पाउनको लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाव छ । आज घरेलु टोली जिम्बावेलाई पराजित गर्न सके प्रतियोगितामा नेपालको राम्रो सुरुवात हुनेछ ।

तर, कप्तान पारस खड्काले नतिजा नेपालको पक्षमा पार्न टोलीलाई सहज नभएको बताए । उनले नेपालले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजकलाई चुनौती दिने बताए ।

नामिबियामा सम्पन्न भएको डिभिजन दुई प्रतियोगितामा नेपालको प्रदर्शन अविश्वनीय रहेको थियो । प्रतियोगिताको अधिकांस खेलमा अन्तिम ओभरमा आएर जित निकालेको नेपाली टोलीले जुनसुकै बेला खेलमा तहल्का पिट्न सक्ने भएकाले प्रतिस्पर्धि सर्तक रहेर खेल्नेछन् ।

नामिबियामा सम्पन्न प्रतियोगिताले नेपालको र खेलाडीको आत्मविश्वास बढेको छ ।

Advertisement

Advertisement

Advertisement