सात जनाको हत्या अभियोगमा पक्राउ परेका हुसेनलाई नेपाल ल्याइयो

Advertisement

काठमाडौँ: विभिन्न समयमा नेपालभित्र बसेर सात जनाको हत्या गरी कतारमा लुक्दै आएका सकिल हुसेनलाई कतारबाट पक्राउ गरी आज नेपाल ल्याईएको छ ।

हुसेनले विभिन्न मितिमा सप्तरीका इद्रिस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन,सहबुद मियाँ, सगिर खातुन, दुलारी देबी शाह र निर्मल देबी शाहको हत्या गरेका थिए । कतार प्रहरीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हुसेनको जिम्मा नेपाल प्रहरीलाई लगाएको हो ।

सोही अभियोगमा हुसेनलाई सप्तरी जिल्ला अदालतले जन्म कैदको फैसला समेत सुनाएको थियो । उनीमाथि इन्टरपोलले २०७२, असार ७ गते रेडकर्नर नोटिस जारी गरेको थियो । सोही नोटिसका आधारमा कतार प्रहरीले उनले केहि हप्ता अघि पक्राउ गरी नेपाल बुझाएको, नेपाल प्रहरीका केन्द्रिय प्रबक्ता मनोज न्यौपानेले बताए ।

उनलाई आजै काठमाडौँ जिल्ला अदालत पेश गरी जेल भुक्तानका लागि फैसला हुनेछ ।

Advertisement

Advertisement

Advertisement