उद्योग व्यवसायको व्यवस्थापनमा हुने भ्रष्टचारमा सुन्य सहनशीलता अपनाइने

Advertisement

काठमाडौंः वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योग धन्दाको विकास विना समृद्धिको कल्पना केवल कोरा कल्पना मात्र भएकाले उत्पादनमुलक एंव सेवा क्षेत्रको विकासका लागि औद्योगिक सुसम्बन्धको आवश्यक्ता रहेको बताएका छन् ।

उनले नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतितिधि मण्डलसँगको भेटमा उक्त कुरा बताएका हुन । उनले मुलुकको समग्र आर्थिक विकास हासिल गर्न आवश्यक औद्योगिकीकरण, उपभोक्ताहरुको हीतको लागि माल वस्तु सहज, सरल र नियमित आपूर्ति हुनु पर्ने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतका क्रियाकलापहरुलाई एकीकृत योजना बनाई कार्यान्वयन तीव्रताकासाथ गरिनेमा आफू दृढ संकल्पित रहेको बताउँदै उनले आर्थिक क्षेत्रको तीव्र विकास एवं सुशासनको प्रत्याभूति दिन
भ्रष्टाचारमा शुन्य सहनसिलता अपनाउने बताए ।

जो भ्रष्टाचारमा लिप्त थियो ऊ त्रसित भएमा अझ बढी त्रसित बनाउने र भ्रष्टाचारीलाई कारवाही गर्नमा वाम गठबन्धनका दुबै शीर्ष नेताहरुको सार्वजनिक वक्तव्य आइसकेको हुँदा कारवाही गर्न अझ सहज र सजिलो हुने बताए ।

साथै, उद्यमीले मजदूरसँगको सुसम्बन्ध रम्रो राख्दै सरकार, उद्यमी, व्यवसायीसँग सहकार्य गर्न सदा तत्पर रहेको र यसमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको उनले बताए ।

सो अवसरमा नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले कार्यकालको पूर्ण सफलताको कामना गरे । औद्योगिक क्षेत्रको विकास एवं उत्थानको लागि सरकारसँग सहकार्य गर्न निजी क्षेत्रले सरकारलाई अभिभावकको रुपमा हेरेको र सरकार यो
प्रक्रियामा चालक भएर निजी क्षेत्र त्यसको प्रभावकारी इञ्जिन हुन तयार रहेको बताए ।

छिमेकी मुलुकले यस उद्योग, वाणिज्य र आपूर्ति व्यवस्थापन क्षेत्रमा गरेको तीव्रतर आर्थिक विकासबाट नेपालले पनि लाभ लिनु पर्ने र नवनियुक्त मन्त्रीको कार्यकालमा आधारभूत भिन्नता (फन्डामेन्टल डिपार्टयोर)भइ औद्योगिकीकरणले तीव्रता पाउने बताए ।

सो अवसरमा परिसंघका पदाधिकारी, गभर्निङ्ग काउन्सिलका सदस्यहरु तथा राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement