अकुत सम्पत्ति सम्वन्धी मुद्दामा चुडामणिसँग ४५ लाख धरौटी माग

Advertisement

काठमाडौंः आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्माविरुद्धको अकुतसम्वन्धी मुद्दामा विशेष अदालतले ४५ लाख रुपियाँ धरौटी माग गरेको छ । शर्मा धरौटी बुझाएर साधारण तारेखमा छुटेका छन् ।

गैरकानुनी रुपमा चार करोड २९ लाख रुपियाँ अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध मुद्दा दायर गरेको थियो ।
विशेषका रजिष्ट्रार भीमकुमार श्रेष्ठका अनुसार अदालतले मागेको धरौटी रकमबापत नेपाल इन्भेष्टमेन्ट बैंक जमानी बसेका कारण शर्मालाई साधारण तारिखमा राखिएको जनाइएको छ ।

अकुत सम्पत्ति मुद्दामा शर्मा आइतबारै अदालतमा उपस्थित भए पनि उनकी श्रीमती भने उपस्थित थिइनन् । विशेषका न्यायाधीशहरु
द्वारिकामान जोशी र चण्डीकाराज ढकालको इजलासले धरौटी लिएर साधारण तारेखमा शर्मालाई छाड्न आदेश दिएको हो ।

यसअघि कर फछ्र्योट आयोगको सदस्यसचिव रहँदा एक अर्ब राजश्व हिनामिना गरेको अभियोगसहित अख्तियारले मुद्दा दायर गरे पनि अदालतले एक करोड रुपियाँ धरौटीमा उनलाई छोडन आदेश दिएको थियो ।

Advertisement

Advertisement

Advertisement