मैले अभिनय गर्ने चलचित्रमा आँचललाई सिफारिस गरेको छैन्ः पल शाह

Advertisement

काठमाडौंः युवा स्टार पल शाह अभिनित चलचित्रमा प्राय आँचल शर्माले अभिनय गरकै हुन्छिन् । शाहको डेब्यु चलचित्र ‘नाई न भन्नु ल ४’ बाट उनीहरुको चलचित्र यात्रा सुरु भएको थियो ।

त्यसपछि यो जोडीले ‘जोनी जेन्टलम्यान’ मा र चैतमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘शत्रु गते’मा पनिसँगै अभिनय गरेका छन् । लगातार एकपछि अर्को प्रोजेक्टमासँगै देखिनुले यी दुईको प्रेम सम्बन्ध रहेको चर्चा अहिले सिनेवृतमा गज्जबले चलेको छ ।

आफुहरु एकअर्काको मिल्ने साथी मात्र भएको बताउँछन् उनीहरु । पल र आँचल शर्माको गहिरो प्रेम चर्चा चलिरहेको बेला अर्को चर्चाले भने तनाव दिएको छ यतिबेला ।

खबरअनुसार, पल आफुले अभिनय गर्ने चलचित्रमा आँचललाई खेलाई रहेका छन् । तर, पल शाहका अनुसार उनले आजसम्म आफुले खेलेका कुनै पनि चलचित्रमा आँचललाई सिफरिस गरेका छैनन् । साथै, आँचल शर्माले क्यारेक्टर फिट नभएसम्म निर्देशकले कसैको कुरा नसुन्ने बताइन् ।

प्रदर्शनको मुखमा रहेको चलचित्र ‘शत्रु गते’ ले राम्रो कमाई गर्नेमा उनीहरु आशावादी रहेका छन् ।

Advertisement

Advertisement

Advertisement