दलको नेतामा निर्वाचित भए लगतै देउवाको यस्तो टिप्पणी

Advertisement

काठमाडौं: संसदीय दलको नेतामा निर्वाचित भएसँगै नेपाली काँग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले लोकतान्त्रिक पार्टीहरुमा जति बढी लोकतन्त्रको अभ्यास गर्दै गयो त्यति बढी दलहरु बलियो हुँदै जाने बिचार अभिव्यक्त गरेका छन् ।

काँग्रेस संसदीय दलको नेता निर्वाचित भएलगत्तै सभापति देउवाले ट्विट गर्दै सो कुरा उल्लेख गरेका हुन् ।

ट्वीट् गर्दै उनले भनेका छन्, ' काँग्रेस संसदीय दलको नेतामा मतदान गर्नुहुने सबै माननीय सदस्यहरुलाई धन्यवाद । लोकतान्त्रिक पार्टीमा लोकतन्त्रको जति बढी अभ्यास गर्यो त्यतिनै लोकतन्त्र बलियो हुन्छ भन्ने मैले विश्वास लिएको छु'।

आज भएको निर्वाचनमा सभापति देउवा ४४ मतसहित विजयी भएका थिए भने अर्का नेता प्रकाशमानसिंहले १९ मत प्राप्त गरेका थिए ।

Advertisement

Advertisement

Advertisement