रणनीतिक हिसावले नेपाल आएका पाकिस्तानी प्रधानमन्त्री र ओलीबीच भेटवार्ता सुरु

Advertisement

काठमाडौंः नेपालमा केपी ओलीको नेतृत्वमा वामपन्थीहरुको स्थिर सरकार बनेसँगै ओलीलाई शुभाकानम दिने उद्देश्यले नेपाल आएका पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी र ओलीबीच भेटवार्ता सुरु भएको छ ।

भारतसँग दीर्घकालिन कटुता र द्धन्द्ध कायम रहेको पाकिस्तानका प्रधानमन्त्रीको अकस्मान नेपाल भ्रमरणलाई धेरैले अर्थपूर्णरुपमा लिएका छन् । सोमबार दिउसा नेपाल आइपुगेका अब्बासी र ओलीबीच द्धिपक्षीय भेटवार्ता सुरु भएको हो ।

भेटमा अब्बासीले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिएका छन् । भेटमा पाकिस्तानले दुई देशबीच आर्थिक सम्वन्ध विस्तारका साथै अन्य विषयमा पनि सहकार्यका लागि हात अघि बढाउने अनुमान गरिएको छ ।

टुँडिखेलमा अब्बासीलाई गार्ड अफ अनरले सम्मानित गरेपछि होटल याक एन्ड यतिमा ओली र अब्बासीबीच भेटवार्ता सुरु भएको हो। वार्तापछि दुवै प्रधानमन्त्री रात्रिभोजमा सहभागी हुनेछन्। अब्बासीसँग मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Advertisement

Advertisement

Advertisement