ओली र अब्बास सार्कलाई सक्रिय बनाउने पक्षमा

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओली र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय तुल्याउने पक्षमा उभिएका छन् ।

भारत पाक तनाबका कारण कमजोर बन्न पुगेको सार्कलाई सक्रिय बनाएर क्षेत्रीय विकासलाई अघि बढाउन ओली र अब्बास सकारात्मक देखिएका हुन । दुई दिने नेपाल भ्रमणका लागि सोमबार दिउसो काठमाडौं आर्लिएका अब्बास र ओलीबीच आज साँझ याक एण्ड यतिमा भेटवार्ता भएको थियो ।

दुवै सरकार प्रमुखबीच पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा पनि छलफल भएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

सो अवसरमा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री बनेकोमा ओलीलाई बधाई दिँदै उपयुक्त समय मिलाएर पाकिस्तान भ्रमणका लागि निम्तो दिएका थिए ।

पछिल्लो समयमा भारतले नेपालप्रति चासो बढाइरहेको बेला नयाँ सरकार बन्नासाथै पाकिस्तानी प्रधानमन्त्री एकाएक नेपाल आउनुलाई अर्थपूर्ण र रणनीतिक महत्वको दृष्टिले हेरिएको छ ।

Advertisement

Advertisement

Advertisement