एनआरएनएले सडक सुरक्षामा सहयोग गर्ने, सरकारसँग गरियो सहमति

Advertisement

काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सडक सुरक्षाका विषयमा सरकारसँग मिलेर काम गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघबीच सडक सुरक्षासम्बन्धी ज्ञान र सीपलाई आदानप्रदान गर्नेसम्बन्धी सहमतिपत्रमा सोमबार हस्ताक्षर भएको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र संघका अध्यक्ष भवन भट्टबीच हस्ताक्षर भएको हो । संघले विदेशमा सिकेको सडक सुरक्षासम्बन्धी ज्ञानलाई नेपालका सडक सुरक्षामा प्रयोग गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको संघले जनाएको छ ।

संघले सडक सुरक्षा बढाउन एक प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नेछ । संघले यसअघि नेपाल इञ्जिनियर्स एसोसिएसनसँग पनि सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ । सडक सुरक्षामा ध्यान नदिँदा वर्षेनी सयौँ नागरिकको ज्यान जाने गरेकाले त्यसमा विशेष ध्यान दिइएको संघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement