नाइजेरियामा किसान र गोठालाबीच झडप हुँदा कम्तीमा दशको मृत्यु

Advertisement

कानो, नाइजेरिया : नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका कारण कम्तीमा दश जनाको मृत्यु भएको छ ।

किसान र गोठालाबीच भएका झडपहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

ताराबा राज्यको माम्बीला जिल्लामा पर्ने एक गाँउमा गत बिहीबारबाट सुरु भएको झडप हप्तान्तसम्म पनि जारी रह्यो ।

नाइजेरियाका मध्य र दक्षिणी क्षेत्रमा भएका झडपहरुको अशंका रुपमा माम्बीलामा झडप भएको र यसले सरकारलाई दबाव बढाएको बताइएको छ ।

प्रदेश प्रहरीका प्रवक्ता डाभीड मिसालले भन्नुभयो, “किसान र गोठालाबीच माम्बीलामा भएको झडपमा परी दश जनाको मृत्यु भएको छ ।”

उनले घटनास्थलमा सुरक्षा व्यवस्था कायम राख्न सुरक्षा कारबाही बढाइएको र उच्च सतर्कता अपनााइएको पनि जानकारी दिए ।

नाइजेरियाका विभिन्न ठाँउमा लामो समय देखिभूमि र पानी अधिकारका विषयमा किसान र गोठालाकाबीचमा बिवाद हुदै आएको छ ।

झडपका क्रममा थुप्रै घरहरुमा समेत क्षति पुगेको प्रहरी प्रवक्ता मिसालले जानकारी दिए ।

उनीहरुको आन्तरिक झगडाले उग्ररुप लिँदा यस्तो अवस्था आएको स्थानीयवासीको भनाइ छ । यस क्रममा कैयौँ चौपाया पनि मारिएका छन् ।

Advertisement

Advertisement

Advertisement