‘बैंक भनेको के हो ? थाहा नपाउने जनतालाई बैंकिङ च्यानलमा ल्याउने विकास बैंकहरु नै हुन्’

Govinda-dhakal

मर्जर र एक्विजिशनले विकास बैंकहरुको संख्या घटदो क्रममा छ । सीमित संख्यामा रहेका विकास बैंकहरुको संख्या अझै घटाउनुपर्ने कतिपयको तर्क छ । सँगसँगै पुँजी बढाएपछि आफ्नो कार्यक्षेत्र बढाउनुपर्छ भन्ने विकास बैंकहरुको राष्ट्र बैंकसँग माग पनि छ । पुँजी वृद्धिपछि नाफा बढाउन सकस भइरहेको, तरलता संकुचनको समस्या कायमै रहेको बेला विकास बैंकहरुको रणनीति के छ त ? भन्ने विषयमा केही दिनअघि कर्पोरेट नेपाल डटकमको टेलिभिजन कार्यक्रममा गरिमा विकास बैंकका सिइओ गोविन्द ढकालसँग गरिएको कुराकानीको सार यस्तो छः

तपाईंकै बैंकबाट कुरा सुरु गरौं । के छ गरिमा विकास बैंकको पछिल्लो स्थिति ?
गरिमा विकास बैंक काठमाडौं आएको झन्ढै एक वर्ष हुन लाग्यो । अहिले हामी ४९ वटा शाखा कार्यलयबाट कारोबार गरिरहेका छौं । आजसम्म बैंकको निक्षेप १६ र ७५ छ भने कर्जा १६ र २५ करोड पुगिसकेको छ । दुई लाख ५० हजारलाई सेवा प्रदान गरिरहेका छौं । थप १० वटा शाखा सात वटा प्रदेशमा खोल्ने लक्ष्यका साथ अगाडी बढेका छौं । गरिमाको वित्तिय अवस्था दिन प्रतिदिन राम्रो हुँदै गएको छ ।

united_cement

तोकिएको पुँजी त पुगिसक्यो गरिमाको । तै पनि कुनै संस्थालाई गाभ्ने वा कसैसँग मर्ज हुने योजना छ कि छैन ?
नेपाल राष्ट्र बैंकले तोकेको २५० करोडको पुँजी थियो । हाम्रो २५३ करोड पुगिसक्यो । साधारणसभाले मर्जरको प्रस्तावलाई पनि पास गरेको छ । हामी मर्ज गर्नुपर्छ भन्ने लक्ष्यका साथ अगाडी बढेका छैनौं । तर, जहाँ हाम्रा शाखाहरु विस्तार भएका छैनन्, त्यस्ता स्थानमा एक जिल्ला वा दुई जिल्लाको लागि भने मर्ज गर्ने सोचमा छैनैं । एकाध संस्थासँग हामीले कुरा गरेका पनि थियौं । त्यसको रिजल्ट आइसकेको छैन ।

पुँजी बढाउने कुरामा राष्ट्र बैंकले फेरि निर्णय गर्दैछ भन्ने सुनिन्छ । फेरि पुँजी बढाउनुपर्छ भनियो भने बैंकिङ क्षेत्र त्यसका लागि तयार हुन्छ ?
यो भन्दा बढी पुँजीलाई बढाउँदा त्यो बढाउने क्षमताको व्यवसाय छ की छैन ? एउटै क्षेत्रमा अत्याधिक पुँजी लगानी गर्दा देशलाई भार हुन सक्छ । र, अब पुँजी बढाउने सम्बन्धमा कुरा आयो भने अझै मर्ज गराउने र बैंकको सङख्या घटाउने सोच रहेको भन्ने बुझिन्छ । विकास बैंकहरु ३६ वटामा आइसके । तर, कमर्सियल बैंक सोचेको जस्तो मर्ज नहुँदा फेरि त्यसलाई घटाउनका लागि पुँजी बढाउने नियम भन्दा पनि बाइफोर्स मर्जको पोलिसी आउला । पुँजी बृद्धि गर्न दिने नियम आएमा त्यो अनुसारको व्यवसाय गर्ने ठाँउ हामीसँग छैन् । त्यो क्यापिटललाई हाम्रो अवस्थाले थेग्न सक्दैन् ।

पुँजी बढाउने कुराले प्रत्यक्षरुपमा असर गर्ने भनेको नाफामा हो । अहिले धेरै बैंकलाई पूरानो अनुपातमा नाफा कमाउन धौधौ भएको छ । तपाईंहरुलाई कत्तिको कठिनाई भएको छ ?
एउटा बैंकलाई मात्र फरक पर्दैन । समग्र बैंकमा जस्तो असर पर्छ, त्यस्तै असर गरिमालाई पर्छ । किनकी गरिमालाई मात्र फरक पर्ने हुँदैन । पुँजी वृद्धि चार गुणामा भयो गत वर्षको तुलनामा यो वर्षमा । एकै बर्ष नहुँदै पुँजी वृद्दि हामीले सोच्न पनि हुँदैन । लगानीकर्ताले पनि गत वर्षको तुलनामा यो वर्ष पनि प्रतिफल पाउँछु भन्ने सोच्न हुँदैन् । त्यो किसिमले व्यवसाय विकास हुनसक्ने स्थिति छैन् । अहिले सबैं बैंकले शाखा विस्तारमा ध्यान दिनुको कारण आगामी वर्ष व्यवसाय गर्नको लागि त्यो गरेका हुन । आगामी दिनमा ठूलो क्यापिटललाई धान्ने व्यवसाय गर्नलाई शाखाहरु सक्षम हुन्छन् । फेरि रिर्टन पूरानै अवस्थामा आउँछन् ।

पुँजी वृद्धिकै कारण बैंकहरु सेवामुखी भन्दा धेरै नाफामुखी भए भन्ने गुनासो बढेको छ । बैंकहरु धेरै नाफामुखी हुन सुहाउँछ ?
बैंक भन्नु नै नाफा कमाउनका लागि हो । बैंक घाटामा जानु हुँदैन् । यो कुरा सबैले बुझ्नुपर्छ । सेवा एउटा पाटो हो । बैंक एउटा व्यापारको पाटो हो । कुनै पनि व्यवसाय गर्दा नाफाको लागि गर्छ । कतिपय लगानीकर्ताले ऋण लिएर बैंकमा लगानी गरेका छन् । उनीहरुलाई रिर्टन दिनुपर्छ हामीले । तर, यसको अर्थ नाफालाई मात्र प्राथमिकता दिएर बैंक अगाडी बढेका छैनन् । बढ्दैनन् । मिडियामा आएजस्तो बैंकले नाफा खान नहुने हैन । बाँच्नको लागि र व्यवसाय सञ्चालन गर्नको लागि बैंकले नाफा खानुपर्छ । बैंक सेवा केन्द्रित हुन पर्छ । हिजोको दिनमा सामान्य कर्जा लिनको लागि ठूलो झन्झट थियो । तर, अहिले बैंकहरु ग्राहक खोजेर घर घर गएका पनि छन् । तपाईंहरु काम गर्नु, हामी लगानी गर्छौं भन्ने सोचका साथ बैंकहरु अगाडी बढिरहेका छन् । बैंक र व्यवसायी भनेको एउटै डुङ्गामा यात्रा गर्ने यात्री हो । उद्योगीले काम गर्नको लागि हामीले जानेका कुरा सेयर पनि गरेका हुन्छौं ।

तपाईंहरु घरजग्गा र गाडिहरुमा लगानी गर्न लालयित हुनुहुन्छ । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन के समस्या हुन्छ र ?
हिचकिचाहट हैन । यसमा हाम्रो बुझाइ फरक छ । उत्पादनमुलक क्षेत्रमा १५ प्रतिशत लगानी गनुपर्छ भन्ने नियम पनि छ हामीलाई । हामीले धेरै सेक्टरमा लगानी गर्नुपर्छ । एउटै क्षेत्रमा लगानी गरेर पनि हुँदैन् । महँगो कस्टको कारण पनि बैंकले उत्पादनील क्षेत्रमा लगानी गरेको छैन । हो, गाडी र घरजग्गाको क्षेत्रमा अलिकति लगानी बढी भएको हो । एउटा गाँउ भरिको उदाहरण के छ भने कसैले पनि म उत्पादनशील क्षेत्रका लगानी गर्छु, लगानी चाहियो भनेर आउँदैन । गाँउगाउँमा जहाँ जे को सम्भावना छ त्यहाँ लगानी गरौं भन्दा कोही आउँदैन् । अहिले के भइरहेको छ भने छिटो धनी हुन छ हामीलाई । त्यही भएर सबै नेपाली विदेश गइरहेका छन् । नेपालमै बसेर केही गरेर देखाउँछु भन्नेहरुको कमी भएकाले लगानी नगरिएको हो । उत्पादन गरेको वस्तुलाई बजारको व्यवस्थापन नगरिदिनु पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण नबन्नु हो ।

विकास बैंकहरु एकपछि अर्को गरि घट्ने क्रममा रहेका छन् । नेपालको बैंकिङ क्षेत्रमा विकास बैंकको भविष्य के देख्नुहुन्छ अहिले ?
नेपाल राष्ट्र बैंकले ल्याएको मर्जको अवधारणा बैंकलाई सहयोग गर्नको लागि आएको बुझ्छु म । किनकी ९० वटा विकास बंैंक घटेर अहिले ३६ मा झरेको छ । भित्रैदेखि मर्ज हुनपर्छ भनेर विकास बैंकहरु अगाडी बढेका हुन् । अहिले राष्ट्रियस्तरको १२ वटा विकास बैंक मात्र रहेका छन् । हिजोका दिनमा बैंक भनेको केहो भन्ने ग्रामीण क्षेत्रकालाई थाहा थिएन । तिनीहरुलाई विकास बैंकले बैंकिङ च्यानलमा ल्याएका हुन । त्यसैले आगामी दिनमा विकास बैंकको भविष्य राम्रो छ । विकास बैंकको शाखा बढी ग्रामीण एरियामा बढी छ । ग्रामीण क्षेत्रलाई उत्पादन क्षेत्रमा ल्याउने र आफ्नो क्षमता बढाउने भएकाले विकास बैंकले राम्रो भूमिका खेलेका छन् । हिजोका दिनमा र आजका दिनमा पनि राम्रो भूमिका खेलेका छन् । बैंक मर्ज भए पनि शाखा वृद्धि हुँदैछन् । बैंकको नाम कम भएको हो । शाखाको सङख्या बढिरहेको छ । तर, कर्मसियल बैंकले ग्रामीण क्षेत्रमा राम्रो काम गर्न सक्दैनन् । ग्रामीण क्षेत्रमा उनीहरुको नीति नियम पनि उत्कृष्ट हुँदैन् ।

बाणिज्य बैंकहरुलाई हरेक ठाउँमा पुगिसके । अधिकांश बाणिज्य बैंकहरु आक्रामण बजार विस्तारमा छन् । यो स्थितिमा उनीहरुसँग विकास बैंकहरुले कसरी प्रतिस्पर्धा गर्छन ?
हिजोका दिनमा कर्मसियल बैंकको डेढ अर्ब पुँजी धेरै थियो । र, हिजो हामीले कर्मसियल बैंकसँग खासै प्रतिस्पर्धा गर्नुपर्ने थिएन । तर, आज विकास बैंकको पुँजी धेरै रहेको छ । आजका दिनमा प्रतिस्पर्धामा विकास बैंकभन्दा कर्मसियल बैंक अगाडी छन् । प्रतिस्पर्धा र शाखा वृद्धि भएका अवस्थामा ग्राहकले राम्रो र अनुकुल बैंकबाट सरल तरिकामा सेवा लिन्छन् । उनीहरुले रोजेर सेवा लिने स्थिति अगाडी आउँछ । प्रतिस्पर्धा स्वस्थ हुन आवश्यक छ । प्रतिस्पर्धाबाट अगाडी जान विकास बैंक सक्षम छन् । अहिले पनि ६० प्रतिशत जनता बैंकबाट बाहिर रहेका छन् भन्ने समाचार आएको छ । अब, शाखा विस्तार गर्दा ग्रामीण क्षेत्रमा सञ्चालनमा ल्याउनुपर्छ । प्रतिस्पर्धा पनि काम र सरकारको लक्ष्य पनि सफल हुने भएकाले सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा खोलिनुपर्छ ।

सबै ठाउँमा बाणिज्य बैंकहरु पुग्ने, नयाँ प्रोडेक्टहरु पनि उनीहरुले ल्याउने हो भने विकास बैंक किन चाहियो र भन्ने कतिपयको प्रश्न पनि जायजै देखिन्छ नि त ?
हिजो नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंकको प्रशस्त शाखा खोलिएको भए किन प्राइभेट बैंक चाहिन्थ्यो ? त्यसकारण वाणिज्य बैंकको शाखा हुनु र विकास बैंकको शाखा नहुनुमा केही अर्थ राख्दैन । बाणिज्य बैंक र विकास बैंकमा तात्विक भिन्नता पनि छैन । यी दुईबीचको फरक भनेको हामी एलसी गर्न पाउँदैनौ र हामीले नेपाल सरकारको बैंक ग्यारेन्टी पाउँदैनौ । अरु कुरामा हाम्रो केही फरक छैन । विकास बैंक पछाडी छैन । विकास बैंकमा काम गर्नलाई सजिलो छ । बैंङिक सेवा नबुजेका सेवाग्राहीलाई सेवा दिनको लागि विकास बैंक नै अगाडी छन् । वाणिज्य बैंकका शाखा भएका ठाँउमा विकास बैंकका शाखा खोल भन्नुपर्ने अवस्था छैन । किनकी वाणिज्य बैंक भएका ठाँउमा विकास बैंक र विकास बैंक भएका ठाउँमा वाणिज्य बैंक नजाने भनेर स्थानपना भएको पनि हैन । हामी बाणिज्य बैंक भन्दा कम छैनौं आइटी क्षेत्रमा । हामी वाणिज्य बैंकका बराबर सेवा दिन सक्षम छौं । वाणिज्य बैंकका सेवासँग हामी बराबर छौं मात्र नामको हिसावले मात्र वाणिज्य बैंक र विकास भएकाले विकास बैंकको काम छैन भन्न त मिल्दन ।

अहिले भनिएको छ नि हरेक स्थानीय तहमा बैंकको शाखा पुर्याउने, हरेक नेपालीको खाता खोल्ने । यो सरकारी लक्ष्य पूरा गर्न कति बर्ष कुर्नपर्ला ?
बैंक वित्तिय संस्था प्रत्येक स्थानीय तहमा शाखा खोल्न लालायित छन् । यसमा नेपाल सरकारले बैंकलाइ सुरक्षाको नीति, बत्ति र बाटोको व्यवस्था गर्छ भने चाँडै सम्भव छ । नेपाल सरकारको भूमिका महत्वपूर्ण हुन्छ । बैंकको साइडबाट भन्दा पनि सरकारको भूमिकामा महत्वपूर्ण अर्थ राख्छ । सरकारले यति व्यवस्था गर्ने हो भने जुनसुकै ठाउँमा बैंक वित्तीय संस्था जान्छन् । यसको लागि सरकारले कति छिटो विकास गर्छ ? त्यसमा निर्भर रहन्छ । स्थानीय सरकारले गर्ने हो की ? प्रोदेशिक सरकारले होकी ? केन्द्रिय सरकारले गर्ने हो ? सबै आवश्यक तत्वको पहुँच पुगेमा छिटै हुन्छ ।

बाहिर प्रविधिले गर्दा सबै काम घरैबाट, मोवाइलबाटै हुन थालिसक्यो । नेपाला अझै लाइन बस्नुपर्ने, ऋण लिँदादेखि खाता खोल्दा धेरै फारमहरु भर्नुपर्ने समस्या छ । यो समस्या कहिलेसम्म समाधान होला नेपालमा ?
अहिले नेपाली बैंक वित्तीय संस्थाले प्रयोग गरेका प्रविधि अन्य देशमा भएका नै हुन । अहिले त घरबाटै एउटा बैंकको माध्यमबाट अर्को बैंकमा पैसा जम्मा गर्न सक्नुहुन्छ । सेयरमा लगानी, स्कुल फी, जस्ता कुरा मोबाइलबाटै गर्न सकिने अवस्था छ । अब यी कुराको लागि तपाई बैंकमा धाउनुपर्ने झन्झट छैन् । कर्जा लगानीको लागि भने धेरै कागजपत्रको झन्झट छ । ल्यापचेलाई आधिकारिक सिग्नेचर मान्ने भएकाले त्यसमा चाँही अहिले सम्भव छैन । डिजिटल सिग्नेचरलाई आधिकारिक मान्ने संयन्त्र विकास भएको छैन । यसको लागि एउटा कुरो धितो सिन हो । बिना धितो लगानी गर्दा नेपाल सरकार प्रावधानले दिँदैन । यसले गर्दा एउटा प्रोजेक्ट फाइनान्स कसैले गर्छ भने त्यसलाई धितो लिएर एक प्रतिशतमा मात्रै प्रयोजन गर्नपर्छ । त्यही अनुसार नेपाल सरकारले प्रावधान ल्याउनुपर्छ । साथै, इलेक्ट्रोनिक क्षेत्रबाट, मिडियाबाट आएका मेललाई पनि आधिकारिक मान्यता दिने हिसावको नियम बनाउन आवश्यक छ । त्यसपछि तपाईंले भन्नुभएको समस्या हट्छ ।

तरलताको समस्या अझै छ भनिन्छ । किन यो समस्या अझै समाधान हुन नसकेको ?
तरलताको समस्या गत वर्ष पनि यही समयमा थियो । गत वर्ष कर्मसियल बैंकले १४ प्रतिशत र विकास बैंकले १५ प्रतिशत ब्याज मुद्दतीमा दिएको अवस्थ थियो । अहिले पनि यही समयमा आएर यही समस्या देखियो । यसको कारण पुँजी वृद्दि हो । त्यो समस्यालाई रोक्नको लागि संचालक समितिले सिइओलाई प्रेसर गर्ने, साधारणसभाबाट संचालक समितिलाई प्रेसर गर्ने गर्यो भने रोकिन सक्छ । अहिले लगानीयोग्य पुँजीको अभाव छ । तर, पैसाको अभाव हैन । अभाव भन्दापनि क्रेडिट क्रन्च देखिएको हो । प्रायः बैंकिङ सेक्टरमा एभरेजमा ७९ प्रतिशत लगानी छ । त्यो भनेको राष्ट्र बैंकले तोकेको भन्दा माथि हो । अहिले रेमिट्यान्स पनि घटेको छ विदेश जानेको सङख्यामा कमि आएकाले । सरकारले पुँजीगत खर्च समयमा नगरेकाले पनि साधारण खर्च पनि बढी भएपछि यो समस्या देखिएको हो । इम्पोर्ट बढी भएकाले पनि यो समस्या आएको हो । यसलाई समाधान गर्नको लागि त खर्च बढाउने राष्ट्र बैंकले सहज परिस्थित ल्याउन पहल गर्नपर्यो । मासिक रुपमा यसको काउन्ट गर्ने भन्ने राष्ट्र बैंकको नयाँ नीतिले पनि सहज बनाइदिएको छ ।

विकास बैंकका कतिपय सिइओले उठाउने गरेको त्यही पुँजीमा हिजो बाणिज्य बैंकलाई सम्पूर्ण कारोबार गर्न दिने आज विकास बैंकलाई किन नदिने भन्ने छ । त्यो खालको बर्गीकरण हटनुपर्छ भन्ने पक्षमा तपाईं हुनुहुन्छ कि हुनुहुन्न ?
विकास बैंक र वाणिज्य बैंकमा देखिएको भिन्नतामा सरकारी खाकाको कुरा हो । यसमा मैले पनि धेरै पहल गरें । एउटा डेभलपमेन्ट बैंक इन्डष्ट्रिको प्रथम उपाध्यक्ष्यको नाताले यसमा राष्ट्र बैंक पूरै सहमत छ । तर अर्थमन्त्रालयमा पुगेर अन्तिम अवस्थामा यो कसरी बिग्रियो ? हामीलाई थाहा छैन् । कसैले लबिङ गरेर हो की ? यसमा कमर्सियल बैंकको सट्टामा विकास बैंकलाई पनि सरकारी खाताको सञ्चालन गर्ने वातावरण भयो भने अहिले शाखा नपुगेको स्थानीय निकायमा शाखाको विस्तार हुन्छ । त्यो अवस्थामा सम्पूर्ण विकास बैंकका शाखा प्रत्येक स्थानीय निकायमा पुर्याउन एकदम तयार छन् ।

अहिले सेयर बजारमा निकै उचार चढाव छ । तपाईंलाई के लाग्छ यो उतार चढाव स्वाभाविक हो वा प्रयोजित हो ?
डिमाण्ड भन्दा सप्लाई बढी भयो । सप्लाई बढी भएपछि अर्को संस्थाको सेयरमा लगानी गर्नको लागि २०० को सेयर १५० रुपियाँमा बेचेर भए पनि १०० रुपियाँको सेयर लिन्छु भन्ने धारणा सिर्जना भयो । आफूसँग अतिरिक्त पैसा नभएपछि भएको सेयर बेचेर अर्को सेयर लिन्छु भनेर यो अवस्थामा आएको हो । त्यसकारण सेयरको मूल्य घट्दै गएको हो । यहाँ भन्दा तल सेयर घट्ने ठाँउ छैन । सेयरको मूल्य घट्नु भनेको सप्लाइ बढी भएको छ । अहिले हाइड्रोपावर, इन्स्योरेन्सको सेयर प्रशस्त आइरहेकाले अब सेयर बढ्ने छ । यसको लागि कर्जाको नीतिमा राष्ट्र बैंकले गरेको कडाइ पनि हो जस्तो लाग्छ मलाई ।

अन्तिममा बताई दिनु न बैंकिङ क्षेत्रमा गरिमा विकास बैंकको फरक पहिचान के हो ?
सबभन्दा पहिला गरिमा विकास बैंक ग्रामीण क्षेत्रलाई प्राथमिकता दिएर स्थापना गरेको बैंक हो । ग्रामीण क्षेत्रलाई बढी महत्व दिएर हामीले बैंकलाई अगाडी बढाइरहेका छौं । काठमाडौंमा पाँच वटा शाखा रहेका छन् । तर ग्रामीण क्षेत्रमा धेरै शाखा स्थापना गरिनुको कारण पनि यही हो । हामीले सबै बैंक वित्तिय संस्थाले दिने सेवाबाहेक अझ गुणस्तरीय सेवा दिइरहेका छौं । ग्राहकलाई यो बैंक मेरो हो भन्ने आभास दिलाउनका लागि बैंकले ठूलो मेहनत गरिरहेको छ । बिना धितो कर्जा दिएका छौं । राम्रो काम गर्छौं भन्नेहरुलाई तीन लाख रुपियाँ प्रतिव्यक्ति यो सेवा उपलब्ध रहेको छ । चालिस पचास करोड रुपियाँ ग्रुप ग्यारेन्टीमा कर्जा बिना धितो दिएका छौं । बैंकको सबभन्दा फरक पाटो भनेको सर्भिस हो । बैंक सेवा प्रदायक भएकाले यसको पहिचान यही हो । कमर्सियल बैंकले दिएको सम्पूर्ण सेवा गरिमाले दिएको छ । कर्मचारी साथीलाई हामीले सेवा प्रदायक बैंक बन्नुपर्छ भनेर भनेका छौं ।