सेयर बजारमा सामान्य सुधार, होटल समूहमा भारी गिरावट जारी

Advertisement

काठमाडौंः अघिल्ला दिनहरुमा भारी मात्रामा घटेको सेयर बजार मंगलबार भने सामान्य सुधार भएको छ । आज सेयर बजार परिसुचक नेप्से आठ दशमलव सात अंकले बढेको छ भने कारोबार पनि करिव आठ करोडले बढेको छ ।

नयाँ अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक भनेर अभिव्यक्ति दिएसँगै बजारमा अस्वाभाविक गिरावट सिर्जजा गर्ने काम भएको थियो । लामो समयदेखि घट्दै आएको सेयर बजार अघिल्ला दिन दिनमा मात्रै ६५ अंकभन्दा बढिले घटेर एक हजार तीनसयबाट तल झरेको थियो ।

आजको सामान्य सुधारसँगै नेप्से एक हजार २९६ दशमलव ४४ अंकमा फर्किएको छ । होटल र अन्यबाहेक बाँकी सबै समूहको उपसुचक बढेको छ । होटलमा भने तीन दशमलव ५६ प्रतिशतको भारी गिरावट भएको छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको उपसुचक पनि झण्डै एक प्रतिशतले बढेको छ ।

Advertisement

Advertisement

Advertisement