नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा, चीन र सार्क मुलुकहरु सहभागी हुँदै

Advertisement

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघले आफूले बिहीबारदेखि गर्न आयोजना गर्न लागेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । भृकुटीमण्डपमा पाँच दिनसम्म चल्ने मेला वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा हुन लागेको हो ।

मेलाको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने जनाइएको छ । “सोकेशिङ नेपाल एण्ड दी ग्लोव” मुल मर्मसहित प्रत्येक बर्ष आयोजना हु“दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको यो सातौं संस्करण हो । मेलाका लागि सबै स्टलहरु बुक भइसकेको महासंघले जनाएको छ ।

तीनसयभन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा नेपालसहित सार्क मुलुकहरू, चीनको सहभागिता रहनेछ । मेला स्थलमा स्टल निर्माण तथा सजावटको कार्य सुरु भइसकेको छ ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तास“ग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत रहेको छ । मेलामा हस्तकला, पर्यटन, सुचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् ।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूस“ग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल समेत हुनेछ ।

यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिव दुई लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ । मेलामा भाग लिन तथा मेलाको अवलोकनका लागि चीनको व्यवसायिक प्रतिनिधिमण्डल नेपाल आइसकेको छ ।

राष्ट्रिय अन्तर्राष्ट्रियतहमा एउटा विशिष्ठ पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने आशा महासंघको छ ।

Advertisement

Advertisement

Advertisement