राष्ट्रपतिमा पुनः भण्डारीलाई नै उम्मेदवार बनाउने एमालेको निर्णय

Advertisement

काठमाडौँ: सत्तारुढ नेकपा (एमाले) को मंगलबार साँझ अबेरसम्म चलेको स्थायी कमिटीको बैठकले भावी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पुनः उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिव आठ घन्टा लगातार बसेको बैठकले पार्टीका पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनेदेखि नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धनमा रहेको संघीय संसद्को ठूलो दल एमालेले बनाउने उम्मेदवारले सहज विजय हासिल गर्ने देखिन्छ । उपराष्ट्रपतिमा केन्द्रले उम्मेदवार तोक्नेछ ।

बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटीले भण्डारीलाई पुनः राष्ट्रपति बनाउने निर्णय गरेको पत्रकारहरुलाई जानकारी दिए ।

बैठकअघि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायतसँग परामर्श गरेका थिए ।
यही फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचन तोकिएको छ ।

Advertisement

Advertisement

Advertisement