पीएसजीलाई ५-२ ले पराजित गर्दै रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Advertisement

एजेन्सीः च्याम्पियन्स लिग अन्तर्गतको खेलमा रियल मड्रिडले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ । गए राति भएको खेलमा पीएसजीलाई २-१ गोल अन्तरले पराजित गर्दै रियलले च्याम्पियन्स लिगको क्वाटर फाइनमा स्थान बनाएको हो ।

रियलले अन्तिम १६ को पहिलो लेगमा आफ्नै घरेलु मैदानमा पीएसजीलाई ३-१ ले पराजित गरेको थियो । पीएसजीको घरेलु मैदानमा भएको दोस्रो लेगमा नेयमार बिना मैदान उत्रिएको घरेलु टोलीलाई रियलले पराजित गरेको हो । यो जितसँगै रियलले समग्रमा ५-२ को जित निकालेर अन्तिम ८ मा पुगेको छ ।

खेलको पहिलो हाफका कुनै पनि गोल हुन सकेन । दास्रो हाफको सुरुवाती समयमा रोनाल्डोले गोल गर्दै रियललाई अग्रता दिलाए । खेलका ६६औं मिनेटमा भराटीले रातो कार्ड खाएर मैदान बाहिर गएपछि घरेलु टोली १० खेलाडीमा सिमित भयो । एडिसन काभानीले पीएसजीका लागि ७१औं मिनेटमा गोल गर्दै १-१ को बराबरीमा ल्याए ।

तर, खेलको ८०औं मिनेटमा कासिमेरोले गोल गर्दै रियलको २-१ को जित दर्ता गराए ।

Advertisement

Advertisement

Advertisement