विश्वकप क्रिकेट छनोटः भोली हुने खेलमा स्कटल्याण्डलाई पराजित गर्नैपर्ने दबावमा नेपाल

Advertisement

काठमाडौंः जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले बिहीवार प्रतियोगिताको बलियो टोली स्कटल्याण्डको सामना गर्नेछ । जिम्बावेको राजधानी हरारेको क्वीन्स स्पोर्टस क्लबको क्रिकेट मैदानमा नेपाल र स्कटल्याड भिड्न लागेका हुन् ।

खेल नेपालली समय अनुसार दिउँसो सवा एक बजे खेल सुरु हुनेछ । नेपालभन्दा बलियो टोली स्कटल्याण्डले प्रतियोगितामा दुई खेल जित्दै समुहको र्शीष स्थानमा रहेको छ । नेपालले भने आयोजक जिम्बावेसँगको खेलेमा ११६ रनको फराकीलो अन्तरले पराजय भोगेको थियो ।

स्कटल्याण्डले अफगानिस्तानलाई र हङकङलाई पराजित गरेर समुहको बलियो स्थानमा रहेको छ । स्कटल्याण्डलाई पराजित गर्न सकेमा सुपर सिक्समा जाने नेपालको सम्भावना बलियो हुनेछ । तर, अहिलेसम्म खेलेका तीन खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन् ।

पहिलो खेलमा हार बेहोरेको नेपाललाई सुपर सिक्समा स्थान बनाउनका लागि बाँकी तीन मध्येका दुई खेल जित्न पर्ने दबाव छ । प्रतियोतिाको समूह ‘बी’ मा रहेको नेपालले अब स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ ।

Advertisement

Advertisement

Advertisement