एनआईसी एसियाको नयाँ शाखा मनहरिमा, कुल शाखा संख्या पुग्यो १८०

nic_asia_logo

काठमाडौंः एनआईसी एसिया बैंकको नयाँ शाखा मकवानपुरको मनहरि–७ मा सञ्चालनमा ल्याएको छ । बुधबार एक समारोहका बीच मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले यसको उदघाटन गरे ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एसिया निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । मनहरि शाखा सञ्चालनमा आएसँगै बैंकको कुल शाखा संख्या १८० पुगेको छ । त्यसबाहेक बैंकको १८३ एटिएम एवं चार एक्स्टेन्सन काउन्टर रहेका छन् ।

nic-asia-ad