बाढी र धान उत्पादनको कमीले आर्थिक बृद्धिदर ६ प्रतिशतमा सीमित हुने, महंगी भने नियन्त्रणभित्रै

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको आर्थिक बृद्धिदर छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित बजेटको अर्धबार्षिक समीक्षा गर्दै आर्थिक वृद्धिदर घटने प्रक्षेपण गरिएको हो ।

गएको आर्थिक बर्षमा झण्डै सात प्रतिशतको आर्थिक वृद्धि हासिल भएको र
चालु बजेटमा समेत सात दशमलव दुई प्रतिशतको लक्ष्य राखिएको बेला गर्भनर चिरञ्जीवी नेपालले आर्थिक वृद्धि छ प्रतिशतमा सीमित हुने जनाएका हुन ।

आर्थिक वृद्धि सोचे जस्तो नहुनुमा तराईको बाढी तथा धान उत्पादनमा आउने गिरावट जस्ता कुरालाई कारणको रुपमा औंल्याइएको छ । गर्भनर नेपालले भने, ‘तराईमा आएको बाढीका कारण धान उत्पादनमा उल्लेख्य गिरावट आएको छ । जसको असर देशको आर्थिक बृद्धिदरमा पर्न गएको हो ।’

मूल्य बृद्धि भने ७ प्रतिशत भन्दा तल रहने प्रक्षेपण गरिएको छ । त्यस्तै सरकार चालू आर्थिक बर्षमा कुल बजेटको ८४ दशमलव ६७ प्रतिशत हिस्सा खर्च गर्ने भएको छ । यस्तो खर्च गत आवको तुलनमा ३१ प्रतिशतले बढी भएको शंकर अधिकारीले जानकारी दिए ।

सरकारले चालू आवका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेकोमा १० अर्ब ८२ अर्ब ९९ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको उनको दावी थियो । जसमध्ये चालू खर्च ९१ प्रतिशत, पूँजीगत खर्च ७० प्रतिशत र वित्तीय खर्च ७८ प्रतिशत पुग्ने उनको भनाइ थियो ।

पूर्ण क्षति भएका सम्पदामध्ये हालसम्म एक र आंशिक क्षति भएकामध्ये चार सम्पदा बनाइएको निर्देशक मरासिनीले बताए । हाल १५ सम्पदाको पुनःनिर्माण भइरहेको छ । भूकम्पले क्षति भएका पशुपति क्षेत्रका ७५ सम्पदा अझै अलपत्र छन् ।

Advertisement

Advertisement

Advertisement