अव उड्ने कारको उत्पादन सन् २०१९ भित्रै, मूल्य चार लाख ९९ हजार यूरो

Advertisement

एजेन्सी: प्रविधिमा आएको आत्याधुनिक विकाससँगै अव विश्वले संसारमा उड्ने कारको पनि विकास भएको छ । यो कारको उत्पादनमा अहिले डच कम्पनी पीएएल–भी ले निर्माण प्रक्रिया शुरु गर्दैछ ।

कम्पनीले मङ्गलबार उड्ने कारको अन्तिम उत्पादन मोडल सार्वजनिक गरेको छ । योसँगै कम्पनीको वेबसाइटमा कारको प्रिअर्डर समेत खुलेको छ ।

उत्पादन मोडलले अन्तिम सुरक्षा प्रमाणपत्र पाउनासाथ सन् २०१९ मा कारको डेलिभरी गरिने पीएएल–भीले जनाएको छ । दुई जनासम्म चढ्न मिल्ने सो कार सडकमा प्रतिघण्टा १ सय माइलको गतिमा गुड्न सक्छ ।

आकाशमा भने यसको गति प्रतिघण्टा न्यूनतम् १ सय १२ माइल देखि अधिकतम ३ सय ५० माइलसम्म पुग्ने बताइएको छ । यो कार अधिकतम् ११ हजार फिटको उचाईसम्म उड्न सक्नछ ।

कारलाई हावामा उडाउन हातले हस्तक्षेप गर्नुपर्ने र प्रक्रिया पूरा गर्न १० मिनेटभन्दा थोरै समय लाग्ने दाबी कम्पनीले गरेको छ । पहिलो संस्करणमा सीमित सङ्ख्यामा कार उत्पादन गरिने र यसको मूल्य ४ लाख ९९ हजार यूरो पर्ने बताइएको छ । पहिलो संस्करणमा पनि ९० थान कार मात्रै विक्रीका लागि उपलब्ध हुनेछ ।

त्यसपछि ‘लिबर्टी स्र्पोट एडिशन’ भने २ लाख ९९ हजार यूरोमा विक्रीका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ । कारको प्रि–बुकिङमा उच्च शुल्क लिन लागिएको र सो पैसा पछि फिर्ता नहुने आफ्नो वेबसाइटमा कम्पनीले भनेको छ । यस कारलाई अमेरिकी र यूरोपेली सुरक्षा निकायले बनाएका नियममा बसेर चलाउन मान्यता दिइएको भएपनि कार मालिकलाई पाइलट लाइसेन्स भने चाहिन्छ ।

Advertisement

Advertisement

Advertisement