एनआइसी एसियाले निक्षेपकर्तामा लोकप्रिय रहेको ‘धनवर्षा मुद्दती खाता’लाई पुनः लन्च गर्यो

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले ‘धनवर्षा मुद्दती खाता’लाई पुनः लञ्च गरेको छ । निक्षेपकर्ताबीच अत्यन्त लोकप्रिय भएको भन्दै एनआइसीले एक बर्ष अवधिकोे उक्त मुद्दती खातालाई सुचारु गरेको हो ।

यस खातामा वार्षिक १२ प्रतिशतका दरले मासिकरुपमा व्याज भुक्तानी गरिने छ । मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेका १८० शाखा सञ्जालहरुमध्ये जुनसुकै शाखाबाट उक्त मुद्दती खाता खोल्न सकिने र मुद्दती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जासमेत लिन सकिने छ ।

त्यसैगरी, यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ ग्राहक महानुभावहरु माझ अत्यन्त लोकप्रिय रही उत्साहप्रद रुपमा सञ्चालनमा रहिरहेको जनाएको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले ब्याज प्रदान गर्दै आइरहेको छ ।

मुलुकभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम सञ्जालहरु, चार एक्स्टेन्सन काउन्टरहरु, तीन शाखारहित बैंकिङ सेवाहरु एवं प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी पाँच हजारभन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरुसहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ सञ्जाल भएको बैंकको रुपमा एनआइसी एसिया रहेको छ । बैंकले “बैंक पनि, साथी पनि” भन्ने नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement