गोद्रेजका नयाँ प्रविधिका रेफ्रिजिरेटर, चेष्ट फ्रिजर र वासिङ मेशिन आयो नेपाली बजारमा

Advertisement

काठमाडौंः नेपाला निकै लोकप्रिय रहेको घरायसी सामग्रीहरुको ब्राण्ड गोद्रेजले मुलुकभरका आफ्ना बिक्रेताहरुको भेला आयोजना गरी विभिन्न आफ्ना नयाँ उत्पादनहरु बिक्री शुभारम्भ गरेको छ ।

कार्यक्रममा गोद्रेज एप्लाइन्सका हेड अफ एक्सपर्ट तथा एशोसियट भाइस प्रेसिडेन्ट, चौधरी ग्रुपका कार्यकारी निर्देशक, सिजी इलेक्ट्रोनिक्सका प्रमुख सहभागी थिए । नयाँ उत्पादनहरुमा एनएक्सडब्ल्यु सेरिजका रेफ्रिजिरेटर, डुओ सेरिजका रेफ्रिजिरेटर, चेष्ट फ्रिजर र वासिङ मेशिन रहेका छन् ।

विश्वस्तरीय डिजाइन र सुविधा सम्पन्न उत्पादनको लागि ख्याती कमाएको गोद्रेज ब्राण्डले लामो समयदेखि नेपाली ग्राहकहरुको आवश्यता अनुसारको उत्पादन गरिरहेको छ । नेपालमा यी ब्राण्डका उत्पादनहरु चौधरी समूहको इओएल प्रालिले बिक्री गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement