एनआईसी एशिया बैंकको शाखा मकवानपुरको भिमफेदीमा

Advertisement

मकवानपुरः एनआईसी एशिया बैंकको नयाँ शाखा भिमफेदी गाउँपालिकाको वडा नम्बर छ, भिमफेदी बजार, मकावनपुरमा सञ्चालनमा आएको छ । बैंकले देशभरमा गरी भिमफेदीमा १८१औं शाखा कार्यलय सञ्चालनमा आएको हो ।

गाँउपालिकाका अध्यक्ष हिदम लामाले शाखाको उद्घाटन गरे । साथै बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुका लागि ‘धनवर्षा मुद्धती खाता’ र ‘समुन्नति प्लस बचत खाता’ सञ्चालनमा ल्याएको छ । एक वर्षको अवधिमा धनवर्षा मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी गरिनुका साथै अन्य आकर्षक बिशेषताहरु छन ।

साथै, ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले ब्याज प्रदान गर्दै आईरहेको छ । बैंकले देशभरका विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

यस शाखासँगै बैंकको मुलुकभर १८१ शाखा, १८३ एटिएम, ४ एक्स्टेन्सन काउन्टर, ३ शाखारहित बैंकिङ सेवा लगाएत गरी पाँचहजारभन्दा बढि स्थानबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement