प्रभु बैंकको एकै दिन दुई नयाँ शाखा सञ्चालनमा

Advertisement

प्रभु बैंकको नयाँ शाखा बागलुङको बरेङ गाउँपालिका र कास्कीको माछापुच्छ्रे गाउँपालिकामा स्थापना भएको छ । बैंकले एक साथ दुई जिल्लामा गरी दुई शाखा सञ्चालनमा ल्याएको हो ।

बरेङ गाउँपालिका बडा नम्बर २ का अध्यक्ष कृष्णप्रसाद शर्माले शाखाको उद्घाटन गरेका हुन । त्यसैगरी, कास्कीको जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ स्थित माछापुच्छ्रे शाखा माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सुष्माकुमारी दबाडीले उद्घाटन गरेकी हुन ।

कार्यक्रममा सम्बन्धित जिल्लाका सरकारी कार्यालयका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

सञ्चालनमा आएका बैंककाशाखा कार्यालयबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरुलाई बैंकको गुणस्तरीय सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement