शेखर गोल्छालाई टक्कर दिने किशोर प्रधान महासंघमा फेरि फर्किए, जिल्ला नगर उपाध्यक्षमा विजयी

Advertisement

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छासँग प्रतिस्पर्धा गरेका किशोर प्रधान करिव एक बर्षपछि महासंघको जिल्ला नगर उपाध्यक्षमा निर्वाचित भएका छन् ।

गोल्छासँग उनी पराजित भएका थिए । प्रधान यसअघि पनि जिल्ला नगर उपाध्यक्ष थिए। शुक्रबार विहान भएको निर्वाचनमा प्रधानले १०४ मतमा ६५ मत पाएर विजयी भएका हुन । कुल ९८ मत खसेकोमा अर्का प्रत्यासी निरक केसीले ३३ मत पाए ।

यसअघि जिल्ला नगर उपाध्यक्षमा विजयी भएका प्रमोद श्रेष्ठ मेयरको चुनाव लड्न गएपछि महासंघको विधानअनुसार उनको पद खारेज भएको थियो । महासंघले गत भदौ १९ गते नै रिक्त स्थानका लागि निर्वाचन गर्ने निर्णय गरेको भएपनि श्रेष्ठले आफूलार्इ गैरकानुनी रुपमा हटाएको भन्दै सर्वोच्चमा रिट दायर गरेपछि ढिलो भएको थियो ।

सर्वोच्च अदालतले तत्काल निर्वाचन नगराउन भनेपछि विशेष साधारणसभा स्थगित भए पनि मुद्दा टुँगो लागेपछि पुनः निर्वाचन प्रक्रिया अघि बढाइएको हो । सर्वोच्चले गएको बुधबार श्रेष्ठको पक्षमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको थियो ।

महासंघको हालको संस्थापन पक्षप्रति रुष्ट रहेका प्रधानलार्इ चण्डिराज ढकाल (पूर्वअध्यक्ष), अध्यक्ष भवानी राणालगायतका मान्छे लागेका थिए । निर्वाचनको पूर्वसन्ध्यामा विहीबार प्रधान र केसी दुवै पक्षले मतदाताका लागि वेलकम पार्टी गरेका थिए। दुवै पार्टीमा महासंघका अधिकांश पदाधिकारी गए पनि शेखर गोल्छालगायत केही गएनन् ।

Advertisement

Advertisement

Advertisement