गोल्डस्टारले ‘सडक बालक विश्वकप फुटबल २०१८’ मा नेपाली टोलीलाई सहयोग गर्ने

Advertisement

काठमाडौंः नेपालमै उत्पादन भएको लोकप्रिय जुत्ता गोल्डस्टारले अर्को वर्ष हुने बालक विश्वकप फुटबलमा सहभागी हुने नेपाली खेलाडीलाई सहयोग गर्ने भएको छ । गोल्डस्टारको उत्पादक कम्पनी किरण सु म्यानुफ्याक्चरर्सले आगामी २०७५ बैशाख ३१ देखि रुसको मस्कोमा आयोजना हुने ‘विश्वकप फुटबल २०१८’ मा सहभागी हुने टोलीलाई सहयोग गर्ने भएको हो ।

नेपाली सडक बालकहरूको टोली पहिलो पटक कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुँदै छ । सडक बालबालिकाको कल्याण र सहयोगमा जुटेको संस्था सेल्टर आश्रय नेपालसँग आबद्ध भई गोल्डस्टारले सडक बालकहरूलाई सहयोग गर्न लागेको हो ।

किरण सु म्यानुफ्याक्चरर्सकी निर्देशक विदुषी राणाले खेलकुदको कार्यक्रम भन्ने बित्तिकै जुत्ताको कुरा सबैभन्दा अग्रणी स्थानमा हुने बताइन् । उनले यस्तो परिस्थितिमा नेपालमा सर्वाधिक विक्री हुने र रुचाइएको जुत्ता गोल्डस्टारको जिम्मेवारी र बोध दुवै भएको बताइन् ।

राणाले त्यसमाथि, नेपालका सडक बालकहरू पहिलो पटक सडक बालक विश्वकप फुटबलमा सहभागी हुन लागेकाले गर्वको क्षणमा यसमा आबद्ध हुनुलाई गरिमामय मानेको बताइन् ।

विश्वकपले पिछडिएका, हेपिएका, छुट्याइएका, र दुत्कारिएका सडक बालकहरूप्रति समाजले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नको लागि हरेक विश्वकप फुटबल हुने मौकामा आयोजना गरिन्छ ।

Advertisement

Advertisement

Advertisement