एनआइसी एसियाले अन्य बाणिज्य बैंकलाई भन्यो– बाफियाको दफा ५० हेर्ने कि ?

Advertisement

काठमाडौंः सहमतिविपरित ब्याजदर बढाएको भन्दै एक्ल्याइएको एनआइसी एसिया बैंकले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन (बाफिया)को दफा ५० हेर्न अन्य बाणिज्य बैंकहरुलाई सल्लाह दिएको छ ।

बाणिज्य बैंकहरुको संगठन नेपाल बैंकर्स एशोसियशनले शुक्रबार बिहान बैठक बसेर सहमतिविपरित ब्याजदर बढाएको भन्दै एनआइसी एसियासँग कुनै पनि कारोबार नगर्ने निर्णय गरेको थियो । एशोसियशनले खुल्ला बजार अर्थतन्त्रको मर्म र कानुनीविपरित सिण्डिकेट लागू गरेको भन्दै विरोध समेत भएको छ ।

एनआइसी एसियाले बाफियाको प्रावधानलाई औंल्याउँदै एशोसियशनको सिण्डिकेट आफूहरु मान्न बाध्यकारी नरहेको संकेत दिएको छ । बैंकले बाफियाको दफा ५० (ज)लाई देखाउँदै एशोसियशनको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले गर्न नहुने विभिन्न कामहरुसम्वन्धी उक्त दफामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा मिली वित्तीय कारोबारमा कुनै किसिमको एकाधिकार वा अन्य कुनै किसिमको नियन्त्रित अभ्यान गर्न मिल्दैन ।’

पछिल्लो समयमा निकै आक्रमक बजार विस्तारका साथ अघि बढेको एनआइसी एसियाले आफ्नो प्रवद्र्धनका लागि गरेको खर्चमा नियन्त्रण गर्न भन्दै एशोसियशनका अध्यक्ष ज्ञानेन्द्र ढुँगानासहितको टोलीले गर्भनर चिरञ्जीवी नेपालसहितका राष्ट्र बैंकका अधिकारीहरुसँग आग्रह गर्दै आएको थियो ।

Advertisement

Advertisement

Advertisement