म्यानमार, चीन र बङ्गलादेशबीच विद्युत व्यापार सम्झौता

Advertisement

नाइ पेइ तावा: म्यानमार, चीन र बङ्गलादेशबीचमा शुक्रबार विद्युत् व्यापार सम्झौता भएको छ । नई पीइ टावामा भएको तीन देशका मन्त्रीहरूको त्रिपक्षी बैठकले सिमा वारपार विद्युत व्यापार विस्तार गर्ने सम्झौता गरेको हो ।

साथै सम्झौतालाई कार्यान्वयन गर्नका लागि छु्ट्टै संयन्त्र बनाउने बारेमा पनि बैठकमा छलफल भएको उच्च अधिकारीहरूले बताएका छन् ।

तीन देशबीच भएको सम्झौताले यी देशमा विद्युत सुरक्षा, विद्युत श्रोतहरूको आदानप्रदान, विकासका पुर्वाधार, रोजगारीको सृजना लगायतका क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ ।

बैठकमा म्यानमारका विद्युत तथा उर्जा मन्त्री यु विन खाङ, चीनका राष्ट्रिय उर्जा प्रशासनका उप–प्रशासक लि फान्रोङ र बङलादेशको प्रधानमन्त्रीका उर्जा, विद्युत र खनिज श्रोत मामिला सल्लाहकार डा तावफिक इ इलाही चौधरी सहभागी भएका थिए ।

Advertisement

Advertisement

Advertisement