बी एण्ड सीले मुटु उपचारका लागि २८ करोडको उपकरण ल्यायो, उपचारका लागि अब बाहिर जानुनपर्ने

Advertisement

बिर्तामोडः झापाको बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटलले मुटु रोगीको उपचारमा ध्यान दिदैं क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ । मुटु रोगसम्बन्धि विशेषज्ञता हासिल गरेका डीएम कार्डोलोजिष्ट डाक्टर राजेश पञ्जियारले अब बी एण्ड सी हस्पिटलले मुटु रोगको सफलताका साथ उपचार गर्न सक्ने बताए ।

विश्वस्तरीय उपकरणहरु भएकाले मुटु रोगीले उपचारका लागी राजधानी तथा विदश जानु नपर्ने उनको भनाई छ । डा. पजियारको टिममा पाँच जना विशेषज्ञ डाक्टर रहेका छन् ।

मुटु रोगको उपचारमा संलग्न डाक्टर पञ्जियारले बी एण्ड सीमा मुटुको सम्पूर्ण उपचार सुरु भएको भन्दै अबको दुई वर्षभित्र हस्पिटलले मुटु फेर्नेसम्मका उपचार गर्ने उद्देश्यका साथ चिकित्सकको टोली लागेको बताए । एनजियोग्राफिक्स, एजियोप्लाष्टिक, प्रेस मेकर हाल्ने प्राविधिमार्फत विभिन्न उपचार गर्दै आएको हस्पिटलले क्याथ ल्याब सेवा सञ्चालन गरेसँगै आफ्नो मुटु कतिको स्वास्थ्य छ भन्ने चेक जाँच गर्न सकिनेछ ।

विभिन्न रोगको सफल उपचार गर्दै आएको बी एण्ड सीले अत्याधुनिक उपकरण भित्रायाउने क्रम जारी रहेको सो हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए । उनले भने–बीएण्डसी हस्पिटलमा विशेषज्ञ चिकित्सकसहित विश्वस्तरीय प्राविधि भित्रिरहेका छन् । यो हस्पिटल नेपाल र नेपालीहरुकै साझा सम्पत्ति हो । यसको विकास र उन्नतीका लागी सबै एक जुट हुन जरुरी छ ।

बी एण्ड सी हस्पिटलसँग पूर्वका कुनै हस्पिटलहरुले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै समृद्धिको सारथी बन्न पत्रकारलाई अनुरोध गरे । उनले मेची अञ्चलमा मुटु रोगको विशेषज्ञता हासिल गरेको एक मात्र डाक्टर भएको हस्पिटल बी एण्ड सी मात्र भएको दाबी समेत गरेका छन् ।

कुल २८ करोड रुपियाँ मूल्य बराबरको क्याथ ल्याब मेशिन ल्याएसँगै अब मुटुसम्बन्धि समस्याका विरामीको रोगको छिटो पहिचान गर्न सकिने कार्यकारी निर्देशक प्रसाईंले बताए । उनले अब मेची अञ्चलका मुटु रोगीले अन्यत्र धाउनुपर्ने बाध्यताको अन्य भएको बताए ।

पछिल्लो समय दैनिकरुपमा मुटु रोगीको संख्या बढ्दै गइरहेका बेला अत्याधुकि उपकरण सहितको उपचार सुरु भएपछि पूर्वका मुटु रोगीलाई ठूलो राहत मिलेको मुटु रोग विशेषज्ञ डाक्टर पञ्जियारले बताए ।

हस्पिटलले शनिबार पत्रकार सम्मेलन गरेर मुटु रोगको उपचार पद्धति र बी एण्डसी मा भित्रिएका उपकरणको बारेमा जानकारी गराएको हो । हस्पिटलले नशासम्बन्धि पूर्ण उपचार सेवा समेत सञ्चालनमा ल्याएको जनाइएको छ ।

न्यूरो सर्जन डाक्टर पंकजराज नेपालले नशा च्यापिएको बिरामीको शल्यक्रिया गरेर उपचार गर्न सकिने बताएका छन् । उनले भने–नशा च्यापिएको अप्रेशन गर्दा प्यरालाईसेस हसन्छ भन्ने धेरैमा भ्रम छ तर नशाको सफल सल्यक्रिया गरेर उपचार गरेमा यो समस्याबाट छुटकरा पाउन सकिन्छ ।

मानिसको अत्यन्त संवेदनशिल अंग टाँउको भएकाले टाँउकामा नशा च्यापिएका, बेनट्युमर जस्ता प्राणघातक या जस्तो सुकै उपचार पनि बीएण्डसी हस्पिटलमा हुन सक्ने जानकारी दिइएको छ ।

पञ्जियारले वर्षमा एक पटक सबैले आफ्नो स्वास्थ्यको जाँच गराउन पर्ने सुझाव समेत दिएका छन् । बीएण्डसी हस्पिटलमा जटिल प्रकृतिका शल्यक्रियाहरु समेत सफलतापूर्वक सम्पन्न भएको भन्दै उनले अब उपकरणहरु विश्वस्तरीय भएकाले चिकित्सकलाई काम गर्न पनि सहज भएको बताए ।

सबै प्रकारका रोगहरुको सफलताका साथ उपचार गर्दै आएको बीएण्डसी टिचिङ हस्पिटलले विश्वस्तरीय उपकरणका साथ विभिन्न विशेषज्ञ चिकित्सकहरु भित्र्याइरहेको जनाइएको छ । मेची अञ्चलका झापासहित इलाम, पाँचथर, ताप्लेजुङ तथा मोरङ, सुनसरी, धनकुटा, तेह्रथुमका साथै भारतका विभिन्न स्थानबाट समेत उपचारका लागी बिरामीहरु आउने गरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । हस्पिटलले क्यान्सर रोगीलाई मध्यनजर गर्दै छुट्टै रुपमा पूर्वाञ्चल क्यान्सर अस्पताल पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement