नेप्सेमा फेरि पहिरो, कारोबार पनि घटयो

Advertisement

काठमाडौंः केही दिन यता उतारचढाव रहेको सेयर बजारमा साताको पहिलो दिन आइतवार भने भारी गिरावट भएको छ । आज सेयर बजार परिसुचक नेप्से ३१ दशमलव ०४ अंकले घटेर एक हजार २८४ दशमलव ९ अंकमा कायम भएको हो ।

आज कारोबार रकम पनि घटेको छ । ३२ करोड रुपियाँ बराबरको सात लाख सेयर किनबेच भएको छ । आइतवार सबै समूहका परिसुचक राताम्मे देखिए पनि सबैभन्दा बढी बीमा समूहको उपसुचक २४३ दशमलव १२ अंकले घटेको छ । जलविद्युत समूहमा ६४ दशमलव ६५, होटल समूहमा ६३ दशमलव ५२ अंकको भारी गिरावट आएको छ ।

यस्तै वाणिज्य बैंक समूहको प्रतिनिधित्व गर्ने सेन्सेटिभ समूहको परिसुचक ६ दशमलव ४० अंकले घटेर २७३ दशमलव ०६ अंक कायम भएको छ ।

Advertisement

Advertisement

Advertisement