कवि मुकुन्द पौडेलका कविता र मुक्तक संग्रह ‘मजधार’ र ‘मनसिन्धु’को विमोचन

Advertisement

काठमाडौंः कवि मुकुन्द पौडेलद्धारा लिखित कविता संग्रह मजधार र मुक्तक संग्रह बजारमा आएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुवै पुस्तकहरु विमोचन गरेका हुन ।

मुकुन्द पौडेलका यी पहिलो किर्तिहरु हुन । गीतहरुसमेत लेख्ने गरेका पौडेलका दुई वटा गीतहरु रेडर्क भएर बजारमा आउने क्रममा छन् । राजनीतिकदेखि सामाजिक विकृति र आफ्ना अनुभवहरुलाई कविता तथा मुक्तकमार्फत सरल भाषा प्रस्तुत गरेका उनले साहित्यिक क्षेत्रमा आफूलाई उभ्याउन सफल भएका छन् ।

कार्यक्रममा काँग्रेस वरिष्ठ नेता पौडेलले सानैदेखि मुकुन्दको सरल जीवनबाट आफू प्रभावित भएको भन्दै साहित्यक फाँटमा अझै अघि बढन सल्लाह दिए ।

आवरण कलाको आयोजनामा भएको पुस्तक विमोचन कार्यक्रममा कवि एवं पत्रकार रमेश पौडेल, साहित्यकार एवं चलचित्रकर्मी यादव खरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिष्णुविभु घिमिरेले पुस्तकको समीक्षा गरेका थिए भने साहित्यकारहरु शान्ति शर्मा, दुर्गा तिवारी, गफाडीले पौडेलका कविता एवं मुक्तकहरु वाचन गरेका थिए ।



Advertisement

Advertisement

Advertisement