विदेश भ्रमणमा ब्रह्मलुट : वर्षभरीको खर्च ६ महिनामै सकियो !

Advertisement

काठमाडौँ: भत्ताकै लागि अनावश्यक विदेश भ्रमणमा जाने प्रवृत्ति नरोकिएपछि सरकारले चालु आर्थिक बर्षमा कर्मचारीको विदेश भ्रमणका लागि छुट्याएको बजेट पहिलो ६ महिनामै सकिएको छ ।

सरकारले चालु आवमा कर्मचारीको विदेश भ्रमणका लागि भ्रमण खर्च शीर्षकमा छुट्याएको रकमले पहिलो ६ महिनाका लागि पनि नपुगेर थप ४१ करोड ९६ लाख ६५ हजार रुपैयाँ थप खर्च भएको छ ।

चलाु आव ०७४, ०७५ को बजेटमा खर्च शीर्षकमा नम्बर २२६१२ मा सरकारी कर्मचारीको लागि भ्रमण खर्चको व्यवस्था गरिएको छ ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।

Advertisement

Advertisement

Advertisement