निगमका क्याप्टेन अवालेलाई विमान उडाउन नदिने प्राधिकरणको निर्णय

Advertisement

काठमाडौँ: विदेशी मुद्रा अपचलनमा गत वर्ष चैतमा पक्राउ परेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ ।

अवाले हाल धरौटीमा छुटे पनि उनले उक्त अभियोगमा सफाइ नपाएसम्म जहाज उडाउन नपाउने निर्णय लिएको हो ।

उनीमाथि फौजदारी अभियोग लागेपछि उनको स्वास्थ्य अवस्था जाँच गरी प्रतिवेदन बुझाउने जिम्मा पाएको समितिको सिफारिसपछि प्राधिकरणले उनलाई जहाज उडाउन दिन नमिल्ने सुझाव समेत दिएको छ ।

प्राधिकरणका स्वास्थ्य सुपरीवेक्षक डाक्टर खगेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित उक्त समितिले क्याप्टेन अवालेको स्वास्थ्य तथा मनोवैज्ञानिक परीक्षण गरेपछि उनलाई तत्काल बिमान उडाउन दिन नहुने सुझाव पेश गरेको हो । सुझाव प्राधिकरणका
महानिर्देशक सञ्जीव गौतमलाई बुझाइएको हो ।

गत चैत २८ गते २०७३ साल उनी ९३ हजार ६ सय अमेरिकी डलरसहित दुबई उडानमा जान लागेका अवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

कानुनअनुसार एकजनाले २ हजार ५ सय डलरसम्म साथमा लिएर विदेश जान पाउँछ । उड्डयन नियमअनुसार चालकदलले आफूले पाउने भत्ताबाहेक एक पैसा पनि साथमा लिएर जहाज उडाउन पाउँदैन।

Advertisement

Advertisement

Advertisement