यूएस बाङ्ला दुर्घटनामा कम्तिमा ५० को मृत्यु भएको अनुमान, गलत दिशाबाट आउँदा दुर्घटना

Advertisement

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजमा ५० जनाभन्दा बढिको मृत्यु भएको आशंका गरिएको छ ।

कुल ६७ यात्रु र चालक दल चार गरी ७१ जना यात्रु बोकेर आएको जनाइएको उक्त जहाजमा जम्मा १७ जनाको उद्दार गरी अस्पताल पुर्याइए पनि बाँकीको स्थिति अन्योल छ ।

त्रिभूवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार ३१ जना नेपालीसहित आएको यूएस बाङ्लाको विमान दुर्घटनामा ५० जनाभन्दा बढिको मृत्यु भएको प्रारम्भिक अनुमान छ । अहिले शब निकाल्ने कार्य भइरहेको छ । घटनास्थलमा प्रधानमन्त्री केपी ओली स्वम पुगेका छन् ।

घाइतेहरुको अहिले सिभिल अस्पताल र केमएसी अस्पतालमा उपचार भइरहेको छ । बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज २ बजेर २० मिनेटमा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।

जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा भएको हो । प्रत्यक्षदर्शीहरुले ठूलो आवाजसहित जहाज दुर्घटनामा भएको आफूहरुले सुनेको बताएका छन् । दमकलको सहायताले जहाजको आगो नियन्त्रण गरिएकाले पूरै आगो लाग्न नपाए पनि मानवीय क्षति भने कम हुन सकेन ।

Advertisement

Advertisement

Advertisement