सामसङको नयाँ गुणसहितका दुई नयाँ स्मार्टफोनहरु आयो नेपाली बजारमा

Advertisement

काठमाडौंः नेपालमा सबैभन्दा बढि बिक्ने मोवाइल ब्राण्ड सामसङले आफ्ना नयाँ स्मार्टफोन संस्करणहरु ग्यालेक्सी एस९ र ग्यालेक्सी एस०प्यस नेपाली बजारमा ल्याएको छ । नेपालमा सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्डको रुपमा समेत भिनिएको सामसङले नयाँ मोवाइलहरु ल्याएको हो ।

एस९ तथा एस९प्यसमा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको जनाइएको छ । यसमा संशोधित गरिएको ड्युलअर्पाचल लेन्स, लो लाइट क्यामेरा, सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधा तथा पर्सनलाईज्ड ए आर इमोजीस तथा डल्बी एटमोसको साथ एकेजीले सज्जित गरिएको स्टेरियो स्पिकर रहेको छ ।

यसबाट डल्बी वातावरणको जीवन्त अनुभव प्रदान गर्ने सामसङको भनाई छ । एस९ र एस९प्यसमा एकेजी अझ बढी सुधारिएको, नयाँ स्मार्टथिङ्स एप, सामसङको विद्यमान आइओटी सेवासहित उपलब्ध रहेको छ । यी फोनमा भएका यस्ता सुविधामार्फत एक फोनमा व्यापक सुविधाहरु प्राप्त गर्न सकिने जनाइएको छ ।

दुवै फोनमा जुनसुकै वेला ग्राहकले उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सक्छन । यी स्मार्ट फोनमा सहजरुपमा आवद्ध हुन तथा आफ्ना जीवन्त अनुभवहरु विशेष तरिकाबाट साट्न सकिने सुविधा रहेको सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितको भनाई छ ।

Advertisement

Advertisement

Advertisement