सेञ्चुरी बैंक र गुरांस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौंः सेञ्चुरी कमर्सियल बैंक र गुरांस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । बैंक र इन्स्योरेन्सबीच आज सोमबार सम्झौता भएको हो ।

सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने छन् । उक्त सम्झौतापत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र गुरांस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।

Advertisement

Advertisement

Advertisement