युएस–बंगलाको दुर्घटनाको कारण चालकको कमजोरीः त्रिअवि कार्यालय

Advertisement

काठमाडौँः सोमबार दिउसो भएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनाको कारण पाइलटको कमजोरी भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले पत्रकार सम्मेलन गरेर विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनलमा रहेका एयर ट्राफिकको निर्देशन अवज्ञा गरेकाले विमान दुर्घटनामा परेको जनाएको हो ।

दिउँसो २ बजेर १८ मिनेटमा धावनमार्गको पूर्वतर्फ दुर्घटनामा परेको युएस–बंगलाको जहाजमा ६७ जना चालक दलका सदस्यसहित ७१ जना सवार थिए । जसमा ४० जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने १७ जना घाइते भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक राजेन्द्र क्षेत्रीले दक्षिणतर्फबाट ल्यान्ड गर्न निर्देशन दिँदा दिँदै पाइलटले अटेरी गरेकाले यति ठूलो दुर्घटना हुन पुगेको बताए ।

उनले भने, ‘जहाजलाई जिरो एयर ट्राफिक कन्ट्रोलरले दक्षिणबाटै अवतरण गराउन भनेका थिए, तर पाइलटले मानेनन् । पाइलटले टावरको पाइलटले उत्तरबाट ल्यान्ड गर्छु भनेपछि उत्तर पूर्वतिर दुई राउन्ड घुमाएको पाइयो । जहाज दुई राउन्ड घुमाएपछि पुनः एटीसीले ‘आर यु ओके’ भन्दा पाइलटले कुनै रेसपोन्स गरेनन् ।’

क्षेत्रका अनुसार पाइलटले उत्तरबाट ल्यान्ड गर्ने तयारी गरेपछि एटिसीले जहाजको एलाइन्टमेन्ट मिलेको छैन भन्दा पनि रेसपोन्स गरेनन् । एटीसीले भन्दा भन्दै पाइलटले रेसपोन्स नगरेर
त्यसपछि जहाज टावरको छेउतिरबाट आर्मीको ह्याङ्गर निर आयो । ग्राउन्डमा रहेको अर्को जहाजसँग ठोक्किन खोज्दै जहाज दुर्घटनामा परेर आगो लाग्यो ।

उनले जहाजमा आगो लागेपछि उद्धार टोली तयारी अवस्थामा भएकाले अझ ठूलो क्षति हुनबाट जोगिएको पनि जिकिर गरे । क्षेत्रीले भने, ‘आगलागीको लागि उद्दारमा टोली तयार भएकाले चाँडै नियन्त्रणमा आयो ।’ १०÷१५ मिनेट ढिला भएको भए अझ अवस्था खराब हुन्थ्यो ।’

Advertisement

Advertisement

Advertisement