काठमाडौः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो भएको युएस बंगला विमानको दुर्घटना र यसमा घाइते भएकाहरुको दृश्यहरु । यस दुर्घटनामा ४९ को मृत्यु भएको थियो भने २२ को जिवितै उद्दार गरिएको थियो । घाइतेहरुको हाल उपचार भइरहेको छ।
विमानमा ३३ नेपालीसहित बंगलादेशका ३२, माल्दिभ्सका एक र चीनको एक तथा चालक दलका तीन सदस्य सवार थिए। ढाकाबाट यात्रु बोकेर आएको जहाज दिउँसो २ बजेर १८ मिनेटमा रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त हुन पुगेको थियो।