अवैध मोबाइललाई बन्द गर्न यस्तो छ तयारी

Advertisement

काठमाडौं: अवैध मोबाइललाई बन्द (ब्लक) गर्न विनियमावलीको तर्जुमा भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

अन्तराष्ट्रिय परामर्शदाताको सहयोगमा विनियमावली बनाउन लागिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

विनियमावली बनेलगत्तै अवैध मोबाइल बन्द गर्नका लागि आवश्यक पर्ने उपकरणहरु किन्न ग्लोबल टेन्डर गर्ने प्राधिकरणको तयारी छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, अवैध रुपमा भित्रिएर प्रयोग भएका, चोरिएको वा हराएका मोबाइल चलाउन नदिन यो प्रभावकारी हुनेछ ।

२०७३ वैशाख १ गतेदेखि प्राधिकरणले नेपाल भित्रिएका र प्रयोगमा रहेका मोबाइलको पहिचान नम्बर दर्ता सुरु गरेको थियो ।

हालसम्म करिब एक करोड यस्ता नम्बर दर्ता भएको प्राधिकरणको तथ्यांक छ । करिब दुई बर्षको अवधिमा प्राधिकरणले ९५ लाख ५३ हजारभन्दा बढी यस्ता नम्बर दर्ता गरेको छ ।

हरेक मोबाइल सेटमा एक विशेष प्रकारको नम्बर हुन्छ, जसलाई इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टीटी (आइएमईआई) भनिन्छ । हरेका मोबाइल सेटमा आइएमईआई नम्बर हुन्छ ।

Advertisement

Advertisement

Advertisement