नगर प्रमुख चौधरीमाथि गोली हान्ने विप्लपका तीन कार्यकर्ता पक्राउ

Advertisement

कैलाली:कैलालीका घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीमाथि सोमबार राति गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, "हामीले हिजो राती नै उनीहरुलाई सुखड क्षेत्रबाट नेकपा माओवादी विप्लव नेतृत्वको नेकपाका तीन जनालाई पक्राउ गरेका हौँ।"

घिमिरेले अनुसन्धान जारी रहेको भन्दै पक्राउ परेकाहरुको नाम खुलाउन इन्कार गरे ।

घोडाघोडीको ‘बोक्सी काण्ड’मा मिलापत्र गराउन खोजेको भन्दै विप्लव समूहका एक नेताले चौधरीलाई एमालेले कारवाही नगरे आफूहरुले ‘जनकारवाही’ गर्ने धम्की दिएका थिए ।

सोमबार राति करिब सवा ८ बजेतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement