सडकमा ट्रक पल्टँदा बिपी राजमार्ग अवरुद्ध

Advertisement

सिन्धुलीः बिपी राजमार्गमा ट्रक पल्टँदा मंगलबार बिहानैदेखि राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । सुनकोशी गाउँपालिका–६ चैनपुरमा खण्डमा इँटा लादिएको ट्रक पल्टिएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

गए राति नै बा५ख ३३४७ नंको ट्रक पल्टिएको जिल्ला ट्राफिक प्रहरीको कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले बिहानैदेखि राजमार्ग पुनः सञ्चालन गर्न प्रयास गरिए पनि हुन नसकेको बताए ।

सिन्धुलीलगायत तराईका जिल्लाबाट राजधानी र राजधानीबाट बिपी राजमार्ग हुँदै पहाडी तथा तराईका जिल्लामा हिँडेका सवारी अहिले सुनकोशी गाउँपालिकामा रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले राजमार्ग भएर गन्तव्यतर्फ हिँडेका सवारी साधनलाई वैकल्पिक सडकबाट पठाउने कार्य भइरहेको बताए । खहरेबाट सवारी साधनलाई एकातर्फ मात्र आवागमन गराइएको छ ।

Advertisement

Advertisement

Advertisement